अखिल (क्रान्तिकारी) का केन्द्रिय महासचिव ललित  गिरफ्तार

बुटवल ।  अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का महासचिव ललित विश्वकर्मा आफ्नै कोठाबाट गिरफ्तार भएका छन् ।

मङ्सिर ४ गते हुने चुनावको पूर्व सन्ध्यामा विश्वकर्मालाई काठमाडौँको किर्तिपुरस्थित आफ्नै कोठामा रहेको बेला आज प्रहरीले गिरफ्तार गरेको अखिल (क्रान्तिकारी) ले जनाएको छ ।

महासचिव विश्वकर्माको गिरफ्तारीले राज्यको दमनकारी र दलाल प्रवृति पुष्टि भएको भन्दै अखिल (क्रान्तिकारी) का नेता कार्यकर्ताहरुले तुरुन्त रिहा गर्नु पर्ने अन्यथा कडा आन्दोलनमा जाने चेतावनी समेत दिएका छन् ।