दिप प्रज्वलन सहित डोटीमा जनयुद्ध दिवस मनाइयो

 प्रकाश बहादुर थापा सिलगढी डोटी ।  २७औं जनयुद्ध दिवसको अवसरमा युवा संगठन नेपाल डोटीको आयोजनमा सिलगढी डोटीमा दिप प्रज्वलन गरी २७औं जनयुद्ध दिवस मनाएको छ ।

महान सहिदप्रति स्मरण गरी सहिदहरुले देखाएको बाटोमा लाग्ने र घाइते योद्धाहरु अहिले पनि पिडामा छटपटाइ रहेको अवस्थमा ति पिडितको सपना पुरा गर्न एकिकृत जनक्रान्तिद्वरा पुरा गरेर छाडने प्रतिवद्धता युवा संगठन नेपालका अध्यक्ष सुशिल मलासीले बताएका छन् ।

२७औं जनयुद्ध दिवसको अवसरमा पार्टी कार्यालय सिलगढी डोटीमा २७ वटा मैनबत्ती बालेर र एक/अर्कामा टीका लगाएर भव्यताको साथ जनयुद्ध दिवस मनाएका छन् सो कार्यक्रममा जिल्ला सदस्यहरु प्रकाश कठायत,सुशिल मलासी,दिपक भण्डारी लगायत नेता/कार्यकर्ताहरुको उपस्थिति थियो ।