बुटवल । नेकपाले एमसीसी कार्यान्वयनविरुद्ध आन्दोलनको घोषणा गरेको छ । आज शुक्रबार बिहान बसेको स्थायी कमिटी बैठकले आन्दोलन घोषणा गरेको हो । पहिलो चरणको आन्दोलनअन्तर्गत भदौ १९ गतेबाट नुवाकोट, तनहुँ, धादिङ, काठमाडौं, मकवानपुर, नवलपरासी, रुपन्देहीमा २३ गतेसम्म अन्तरक्रिया कार्यक्रम तय भएको नेता अनिल शर्माले बताए ।
जसअनुसार भदौ १९ गते पाल्पा,२०गते रुपन्देही,२१गते नवलपरासी, हेटौडा,नुवाकोट र धादिङमा २३ गते देशभक्त वामपन्थी र एमसीसी परियोजना विरुद्ध रहेका शक्तिहरु संग अन्तरक्रिर्या कार्याक्रम गर्ने रहेका छन ।
पाल्पा,नवलपरासी र रुपन्देहीका कार्यक्रममा स्थायी समिति सदस्य अनिल विरही सी,हेटौडामा हुने कार्यक्रममा स्थायी समिति सदस्य भरत सी, धादिङ र नुवाकोटमा हुने कार्यक्रममा स्थायी समिति सदस्य कणजित सीको नेतृत्व रहनेछ ।
त्यसैगरी नेकपाले असोज १ गते देखि १५ गते सम्म एमसीसी विरुद्ध मार्चपास अभियान संचालन गर्नेछ । यसमा पार्टीको केन्द्रीय जनकलाकार सामाना साँस्कृति परिवारका साथ पिविएम चिरन सी र माईला लामाले नेतृत्व गर्ने नेकपाले जनाएको छ ।
काठमाडौको लप्सीफेदीवाट सुरु हुने अभियानको उद्घाटनको नेतृत्व स्थायी समिति सदस्य उमा सी शिलुले गर्नेछन ।
यस्तै नुवाकोटमा सुरु हुने अभियानको उद्घाटन स्थायी समिति सदस्य अनिल विरही सीले गर्नेछन । कार्यक्रमभर अभियानको नेतृत्व स्थायी समिति सदस्य शुशिल सी र आरोही सीले गर्नेछन ।
नेकपाको एमसीसी विरुद्ध पहिलो चरणको संघर्षको कार्यक्रम सकिए लगत्तै दोस्रो चरणको संघर्षको कार्यक्रम घोषणा हुने स्थायी समिति सदस्य अनिल विरहीले जानकारी दिएका छन ।
प्रतिक्रिया राख्नुहोस्