बुटवल । अखिल नेपाल जनसांस्कृतिक महासंघ रुपन्देहीको नियमित मासिक श्रृङखला सिर्जना चाैतारीकाे छैटौं श्रृङखला बुटवलको देविनगर स्थित लुम्बिनी वाणिज्य क्याम्पसमा सम्पन्न भएको छ ।
कार्यक्रममा २२ जना स्रष्टाहरुले गीत,कविता,गजल लगायत सिर्जनाहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बाेल्दै नेकपाका जिल्ला नेता तथा रुपन्देही ३ नम्बर कमान्ड इन्चार्ज नवीन थारुले साहित्यकार,लेखक,सांस्कृतिक कर्मीहरुले साहित्य ,कला, गीत,संगीत तथा बाैद्विक क्षेत्रबाट सांस्कृतिक रुपान्तरण रुपान्तरण गर्नुपर्ने बताए ।
उनले हामीले गाउने गीत,कविता र हाम्रा साहित्यमा चल्ने कलम र साहित्यकारका रचनाहरु राष्ट्र समाज परिवर्तन गराउने खालका हुनुपर्ने भन्दै अहिले देशमा भएको भ्रष्टाचार महंगि, महिला हिंसामा विरुद्धमा पनि साहित्यकार कविहरुले कलम चलाउनुपर्ने बताए ।
कार्यक्रममा बिहानी मगर,आत्मा पाैडेल,रुपसिंह विश्वकर्मा,जयकिसन,वासुदेव रिजाल,नयन अर्याल,पदम पराजुलि,प्रविण न्याैपाने,पवन ज्ञवाली,प्रमिसा क्षेत्री, मनाेज न्याैपाने,अनुष्का पाेखरेल,निशा थापा,सीता सारु,गंगा परियार,अन्जली नेपाली ,पुजा मगर,पर्णिमा मगर,आयुषा तिलकाने,माधवि गाैड,कुमार पुन,रेश्मा थारु लगायतका स्रष्टाहरुले आफ्ना सिर्जनाहरु प्रस्तुत गरेका थिए।
कार्यक्रम संग्रामी सांस्कृतिक परिवारकि सेक्सन कमान्डर प्रमिसा क्षेत्रीको अध्यक्षता र जनसांस्कृतिक महासंघ रुपन्देही अध्यक्ष बिहानी मगरकाे सञ्चालनमा भएको थियाे ।
प्रतिक्रिया राख्नुहोस्