बाइडेनको खुस्किदै गएको दिमाग राष्ट्रिय सुरक्षाका लागि खतरा भएको आरोप

एजेन्सी । रिपब्लिकन पार्टीका सिनेटर ¥याण्ड पालले अमेरिकी राष्ट्रपति जो बाइडेनको खुस्किदै गएको देखिएको दिमाग राष्ट्रिय सुरक्षाका लागि खतरा हुन सक्ने आरोप लगाएका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई सत्ताबाट हटाउनुपर्ने भनी दिएको अभिव्यक्ति पछि बाइडेनले फिफर्ता लिएको विषयलाई उल्लेख गरी उनले अमेरिकालाई रुससँगको युद्धको तानेर ल्याउन खतरा रहेको बताएका हुन् ।

पालले फोक्स न्युजका न्युज होस्ट जेस वाटर्ससँगको कुराकानीमा यस्तो बताएन् ।

बाइडेनले पुटिन कसाइ हुन उनलाई सत्ताबाट हटाउनुपर्ने बताए पछि यो नीतिगत परिवर्तन नभएको भनेर अभिव्यक्ति सच्च्याएका थिए ।

बाइडेनले पोल्याण्ड भ्रमणका क्रममा बोलेका थिए ।

पालले हामीले पुटिनलाई सत्ताबाट हटाउने प्रयासमा लागेका छैनौं तर उनले यस्तो भन्नु भनेको राष्ट्रिय सुरक्षाका लागि खतरा भएको बताए ।