शाहस भट्ट,काभ्रे । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेपाली जनताको प्रधान अन्तरविरोध परिवर्तन भएको बताएका छन् । नेकपा पूर्वी ताम्सालिङ व्युरोको राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै विप्लवले नेपाली जनताको प्रधान अन्तरविरोध परिवर्तन भएर अमेरिकी साम्राज्यवादसँग ठोकिन पुगेको बताएका हुन् ।
पछिल्लो भूराजनीति घटना क्रमले अन्तरविरोधमा ठूलो परिवर्तन ल्याएको भन्दै उनले भने, ‘एउटा शक्तिको नेतृत्व भूमण्डलीकृत साम्राज्यवाद ९अमेरिकी साम्राज्यवाद०ले गरेको छ । अर्को देशभक्त कम्युनिस्टहरुले गरेका छन् । नेपाली जनताको प्रधान सत्रु अमेरिका बनेर आएको छ । हामी आपसमा लड्दा उसको हस्तक्षप झनै बढ्ने देखेर समावादी मोर्चा निर्माणको पहलकदमी लिएका छौं ।’
नेपाली जनताको अन्तरविरोध नेपालका प्रतिगमकारी राजनीतिक दल तथा दलाल संसदीय व्यवस्था भएको भएपनि अहिले त्यो भन्दामाथिबाट अमेरिकी साम्राज्यवाद जनताको प्रधान सत्रु भएर आएको उनको भनाई थियो । ‘हाम्रो मुख्य सत्रु दलाल पुँजीवादी संसदीय व्यवस्था नै हो । यसमा कसैले शंका गर्नु हुँदैन ।’, उनले भने, ‘त्यो व्यवस्था भन्दा माथिबाट अमेरिका प्रत्यक्ष आइपुगेको छ । पहिला यो भारत भएर आउँथ्यो, अहिले प्रत्यक्ष आएको छ । यो एमसीसीमार्फत नेपालमा प्रत्यक्ष आइपुगेको हाम्रो निश्कर्ष छ । त्यही भएर पहिलो यसलाई परास्त पानुपर्यो ।’
विप्लवले अमेरिकी साम्राज्यवाद एमसीसीको नाममा नेपालमा शैन्य अखडा बनाउन चाहेको बताए । ‘अमेरिका नेपालमा शैन्य अखडा बनाएर नेपालका कम्युनिस्ट पार्टी, देशभक्त क्रान्तिकारीहरुलाई सिध्याउने र बचेका दलालहरुसँगको मिलेमत्तोमा साम्राज्यवादी सत्ता संचालन गर्ने योजनामा छ ।’, उनले भने, ‘आफ्ना एजेण्टहरुलाई जनताबाट अनुमोदन गराउने, उनीहरु सत्यवाद हुन भन्ने भ्रम फैल्याएर कम्युनिस्ट क्रान्तिकारी सिध्याउने रणनीति छ ।’
उनले नेपालमा अमेरिका प्रत्यक्ष रुपमा आएको भन्दै त्यसको प्रतिरोधका लागि समाजवादी मोर्चा आवश्यक परेको बताए । ‘नेपालमा अमेरिका आइपुगेको हाम्रो निश्कर्ष छ । त्यही भएर हामीले यस विषयमा अन्य कम्युनिस्ट, देशभक्तहरुसँग छलफल अन्तक्रिया गरिरहेका छौं ।’, उनले भने, ‘उनीहरुसँग पनि हाम्रा थुप्रै अन्तरविरोधहरु छन् । तर अहिले अमेरिकी साम्राज्यवाद मुख्य बनेर आयो । त्यसैले सबै कम्युनिस्ट, देशभक्त एक ठाउँमा आउनुपर्ने परिस्थिति सृजना भएको छ । हामीले सबैलाई समाजवादी मोर्चा बनाउँ भनेर प्रस्ताव गरेका छौं ।’
भूटानी शरणार्थी प्रकरण प्रति लक्षित गर्दै विप्लवले नेपालका पुराना स्थापित पाका नेताहरुलाई विभिन्न काण्डमा फसाएर साम्राज्यवादले नेपाल निल्ने खतरा रहेको बताए । उनले समयमै सचत पहल कदमी नलिएर नेपाल युक्रेन बन्ने खतरा रहेको औंल्याए । काभ्रेको धुलिखेलमा सम्पन्न कार्यक्रमको अध्यक्षता नेकपा केन्द्रीय सदस्य तथा व्युरो इन्चार्ज विकल्प सीको रहेको थियो भने उपस्थित सबैलाई स्वागत गर्दै केन्द्रीय सदस्य तथा काभ्रे जिल्लाइन्चार्ज विन्दु सीले पार्टीको दस्तावेज पढेर सुनाएकी थिइन् । कार्यक्रमको संचालन नेकपा केन्द्रीय सदस्य अर्जुन सीले गरेका थिए भने व्युरो अन्तरगतका जिल्ला सदस्यहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्