१२ जातीय तथा समुदाय मोर्चाद्धारा कोशी प्रदेश नामाकरण खारेज गरी किराँत/ लिम्बुवान प्रदेश घोषणा गर्न माग

 १२ जातीय तथा समुदाय  मोर्चाद्धारा कोशी प्रदेश नामाकरण खारेज गरी  किराँत/ लिम्बुवान प्रदेश घोषणा गर्न  माग

बुटवल । नेपाल कम्युनिस्ट पार्टी निकट १२ ओटा जातीय तथा समुदाय मोर्चाहरुले कोशी प्रदेश नामाकरण खारेज गरि किरात प्रदेश घोषणा गर्न माग गरेका छन। बुधबार मोर्चाको तर्फबाट एक संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो माग गरिएको हो।

श्रमिक समुदाय मोर्चा, नेपालअध्यक्ष रामलाल विश्वकर्मा,मधेशी मुक्ति मोर्चा, नेपाल अध्यक्ष देव नारायण साह,मगर मुक्ति मोर्चा, नेपाल अध्यक्ष,सुदर्शन मंगोल, नेवा मुक्ति मोर्चा संयोजक , सुरेन्द्र महर्जन,लिम्बुवान मुक्ति मोर्चा, नेपालअध्यक्ष, गजेन्द्र लिम्बु , तामाङ मुक्ति मोर्चा, नेपाल संयोजक,प्रेरक तामाङ, किरात मुक्ति मोर्चा जीवन किराती, राष्ट्रिय थारु मुक्ति मोर्चा, नेपाल, अध्यक्ष,नाथुप्रसाद थारु,, कर्णाली मुक्ति मोर्चा, नेपाल संयोजक कर्ण बहादुर सी, मुश्लिम मुक्ति  नेपाल संयोजक,अजमोहमद मुश्लिम, तमु मुक्ति मोर्चा, किसान सिंह र सेती मुक्ति मोर्चा नेपालको तर्फबाट संयुक्त रुपमा जारी बिज्ञप्तीमा चैत्र ५ गते विराटनगरमा प्रहरीले गोली चलाउँदा लाजेहाङ लिम्बुले सहादत भएको, आन्दोलनकारीहरु माथि गोलि चलाउँदा केहि व्यक्ति घाइते भएको समेत उल्लेख छ।