बझाङदीप क्याम्पस र जयपृथ्वी अस्पतालबीच सम्झौता : विद्यार्थीको २०% छुटमा उपचार हुने 

बझाङदीप क्याम्पस र जयपृथ्वी अस्पतालबीच सम्झौता : विद्यार्थीको २०% छुटमा उपचार हुने 

गणेश एसके,बझाङ , ०९ जेठ : बझाङदीप क्याम्पस् र जयपृथ्वी अस्पताल बीच आईतबार सम्झौता भएको छ । आईतबार बझाङ दीप क्याम्पसमा अध्यनरत विद्यार्थीलाई अस्पतालले उपचारमा २० % र औषधीमा  ७% छुट दिने गरी सहुलियत प्रदान गर्ने सम्झौता भएको हो ।

अस्पतालका म्यानेजिङ डाईरेक्टर अशोक मल्ल र क्याम्पसका स्ववियु सभापति कमल थापाले आईतबार एक सम्झौता पत्रमा हस्ताक्षर गर्दै सो सहमति गरेका हुन् ।क्याम्पसका स्ववियु सभापति कमल सी को पहलमा सो सम्झौता भएको हो । विद्यार्थी संग सभापति अभियान अन्तर्गत विद्यार्थीको हित हुने गरी अस्पताल संग उक्त सहमति गरिएको सभापति थापाले बताएका छन् । उनले भने, “हामीले स्ववियुमा निर्वाचित विद्यार्थी मैत्री कामहरु गर्दै छौं ।”

सभापति थापाले यस अघि पनि बझाङदिप क्याम्पसले परीक्षाका नाममा लिँदै आएको शुल्क खारेज गर्न पहलकदमी लिएका थिए । उनी स्ववियु निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) बाट निर्वाचित भएका थिए ।

उपरोक्त विषय सम्बन्धमा यस जयपृथ्वी अस्पताल प्रा. ली. को सामाजिक उत्तरदायित्व र स्वतन्त्र विधार्थी युनियन बझाङ्ग दिप क्याम्पस की विधार्थी संग सभापति अभियान अर्न्तगत बझाङ्ग जिल्ला भरिका व्याचुलर अध्यनरत विधार्थी हरु विरामी हुदा यस अस्पतालमा जांच तथा उपचारमा २०% र औषधिमा ७ % छुट गर्ने भन्ने विषयमा सम्झौता गरिएको छ । विधार्थीहरु अस्पतालमा औषधि उपचारका लागी आउदा अनिवार्य रुपमा विद्यार्थी परिचय पत्र लियर आउनुपर्ने छ ।