बुटवल । महान सहिद दुर्गा पाण्डे तथा बेपत्ता योद्धा युवराज पाण्डेको आदरणीय आमा बेपत्ता योद्धा परिवारका लुम्बिनी ब्युरो संयोजक तुलसा पाण्डेलाई नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भेटघाट गरेका छन्। स्वास्थमा समस्या देखिएपछि २०८० जेठ ३१ गते देखि लम्बिनी प्रादेशिेक अस्पतालमा भर्ना हुनुभएकी पाण्डेको स्वास्थ स्थिति बुझ्न महासचिव विप्लवले उहाँलाई आइतबार अस्पतालमा पुगेर भेटघाट गर्दे स्वास्थ्य लाभको कामना गरेका हुन्।
जनयुद्धको क्रममा पाण्डेका छोरा दुर्गा प्रसाद पाण्डे २०६० फागुन १७ सहिद भएका थिए भने अर्का छोरा युवराज पाण्डेलाई तत्कालीन राज्यले २०६० असोज २९ गते
बेपत्ता पारेको थियो।
जनयुद्ध र क्रान्तिकारी परिवर्तनका लागि दुइटा छोरा गुमाएकी पाण्डेको स्वास्थ स्थिति र उपचारको काममा आवश्यक सहयोग पुर्याउन महासचिव विप्लवले लुम्बिनी अस्पतालका सुपरिटेन्डेन्ट डा. सुदर्शन थापालाई आग्रह गरेका थिए। डाक्टर सुदर्शन थापाले निमोनियाको कारण समस्या भएको र अहिले स्वास्थ्यमा सुधार हुँदै गएको भन्दै केही दिनमा डिस्चार्ज गर्ने बताएका थिए ।
पाण्डेको स्वास्थ्य स्थिति दझ्न नेकपा नेताहरू प्रज्वलन सी, शरद सी, अडिग सी, बिमर्श सी, र वीरेन्द्र सी लगाएतका नेताकार्यकर्ताहरु सहभागी थिए।
प्रतिक्रिया राख्नुहोस्