देश दुर्घटनामा छ !

 -विक्रान्त सी

जिम्काउनु हुदैन आँखा
जहाजको यात्रा मसानघाटमा पुग्छ
नसुतेर चालकले गाडी चलाउछ
खुसी लाग्छ गन्तव्यमा पुगिन्छ
सुतेर नेताले देश चलाउछ
चिन्ता लाग्छ देश दुर्घटनामा छ
मोटरसाइकल चलउदा
लाइसेन्स चाहिन्छ
देश चलाउदा केही चाहिदैन
यहाँ सबै लथालिङ्ग छ
हावाले मनुष्यलाई उढाएर
देश भताभिङ्ग छ ।

मनुष्यले हावा चलाउने कि ?
हावाले मनुष्य चलाउने
यहाँ बहस चलिरहेको छ
उ आँखामा पट्टी बाधेर हेर्नुहोस् त
पानीमा आगो बलिरहेको छ ।
आकाशे राज्यको
संसद भवन अगाडि
एउटा मनुष्य जलिरहेको छ ।।

बतासेहरु भन्छन्
पुरानो घरमा नयाँ रंग लगाउ
घर नयाँ हुन्छ ?
क्रान्तिवीर भन्छ
पुरानो घरलाई ढलाएर
अर्को घर लगाउ
घर नयाँ हुन्छ ।

अहिले खेल चलिरहेको छ
हावालाई चलाउने र हावामा चल्नेको
नयाँ रंग लगाउने र नयाँ घर लगाउनेको
सपना छिट्टै पूरा होस्
क्रान्तिबिरको नयाँ घरमा बसाल्ने ।

७ जेठ २०८०              
                 अखिल (क्रान्तिकारी ) केन्द्रीय सदस्य