एजेन्सी । गुराँसको फूल एक प्रकारको प्राकृतिक औषधी हो, जसबाट स्वास्थ्य सम्बन्धी कैयौं समस्यामा उपचार गर्न सकिन्छ । यो फूल पोषक तत्वले भरिएको हुन्छ । गुराँसको फूलबाट पाइने फाइदा र यसलाई प्रयोग गर्ने विधि बारे जानौं ।
हेमोग्लोबिन बढाउँछ
एनिमियाको समस्या भएमा गुराँसको फूल प्रयोग गर्नु एकदमै फाइदाजनक मानिन्छ । गुराँसको फूलमा आइरनको मात्रा भरपूर रुपमा पाइन्छ जसले हेमोग्लोबिन बढाउन सहयोग गर्दछ । हेमोग्लोबिन बढेमा शरीरमा रगतको आपूर्ति पनि बढ्न थाल्छ ।
हड्डीका लागि फाइदाजनक
बढ्दै गरेको उमेरको लक्षण हड्डीमा पनि देखिन थाल्छ । जसबाट बच्न गुराँसको फूलको प्रयोग गर्नु एकदमै फाइदाजनक हुन्छ । गुराँसको फूलमा क्याल्सियम पाइन्छ जसले हड्डीलाई बलियो बनाउँछ । बलियो हड्डीमा जोर्नी दुख्ने समस्या देखिँदैन ।
पेट पोल्न कम हुन्छ
गुराँसले छाला तथा पेटमा हुने खालको जलनमा आराम दिन्छ । गर्मीमा गुराँसको फूलको शर्वत बनाएर पिउने गरेमा छाला तथा पेटमा हुने जलन कम हुँदै जान्छ ।
मधुमेहका लागि फाइदाजनक
गुराँसको फूल मधुमेहका बिरामीका लागि पनि एकदमै फाइदाजनक हुन्छ । जसले रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्दछ ।
शरीरमा ऊर्जा दिन्छ
गुराँसको फूल पोषक तत्वले भरिपूर्ण हुन्छ । जसले शरीरलाई राम्रो पोषण दिने काम गर्छ र शरीरमा भएको कमजोरीलाई हटाउने काम गर्छ । यसमा पाइने आइरन, क्याल्सियम, कपर तथा जिंक जस्ता पोषक तत्वले ऊर्जा दिन्छन् ।
गुराँसको फूल प्रयोग गर्ने बिधि
गुराँसको फूललाई जुस बनाएर पिउन सकिन्छ । यस्तै गुराँसको फूलका पात पनि स्वास्थ्यका लागि फाइदाजनक हुन्छन् । त्यसैले त्यस्ता पातको चिया बनाएर पनि पिउन सकिन्छ ।
प्रतिक्रिया राख्नुहोस्