विद्यालयमा गोली चल्यो, आठ विद्यार्थीको मृत्यु

एक विद्यालयमा अन्धाधुन्ध गोली चलेको छ ।  युरोपेली मुलुक सर्बियाको राजधानी बेलग्रेडमा रहेको एक विद्यालयमा बुधवार गोलीकाण्ड हुँदा आठजना बालबालिकाको मृत्यु भएको छ । घटनामा एक सुरक्षागार्ड पनि मारिएको सर्बियाको सरकारी समाचार संस्था तानजुगले खबर दिएको छ । 

 
अन्य ६ बालबालिका र एक शिक्षकलाई अस्पतालमा भर्ना गरिएको छ ।  त्यही विद्यालयमा पढ्ने १४ वर्षका एक बालकले गोली चलाएका हुन् । उनलाई पक्राउ गरिएको सर्बियाको गृह मन्त्रालयले जानकारी दिएको छ । 

-एजेन्सी