बुटवल । १३४ औं अन्तर्राष्टिय श्रमिक दिवसको सन्दर्भमा बुटवलमा श्रमिक समुदाय मोर्चा नेपाल केन्द्रीय विभागद्धारा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
अन्तरक्रिया कार्यक्रममा नेकपा पोलिटब्युरो सदस्य एवं पूर्वी लुम्बिनी ब्युरो इन्चार्ज प्रज्वलन सीले श्रमिक समुदायको मुक्ति संघर्षले गर्ने बताएका छन् । उनले जातको रचना ईश्वरले गरेको नभई धर्मको विकास समाज विकासको क्रममा भएको बताए । उनले श्रमिक समुदायको परम्परागत सीप तत्कालीन समयको उच्चतम ज्ञान भएको बताउदै राज्यले श्रमको आधारमा सचेततापूर्वक जात व्यवस्था लादेको बताए । उनले शासक वर्गबाट विद्रोह गरेर क्रान्तिलाई श्रमिक वर्गमा नजोड्दासम्म क्रान्ति सम्पन्न नसकिने बताएका छन् । उनले युद्धका बेला जितेका श्रमिक वर्ग शान्तिकालमा हार्नुपरेको बताए ।
कार्यक्रममा नेकपा केन्द्रीय सदस्य एवं रुपन्देही जिल्ला इन्चार्ज शरद सीले जात व्यवस्थाको अन्त्यका लागी पार्टीले सी जातिको अवधारणा ल्याएको बताउदै संसदीय व्यवस्था नबदलेसम्म जनताको अवस्था नबदलिने बताए । कार्यक्रममा मानवअधिकारकर्मी पदम कार्की, पार्टीका नवीन सी, जया सी, जानकी सीले बोलेका थिए । डिल्ली सीले अवधारणापत्र प्रस्तुत गरेका थिए भने हरी सीको सञ्चालन र सन्तोषीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्