एजेन्सी । हिजोआज कामको अत्यधिक दबाबका कारण मानिसमा विभिन्न शारीरिक तथा मानसिक समस्या बढ्दै गइरहेको छ ।
खासगरी रातिको सिफ्टमा काम गर्ने व्यक्तिमा स्वास्थ्यमा नराम्रो असर देखिने गर्दछ । जानौं रातिको समय काम गर्दा स्वास्थ्यमा पर्ने असर बारे :
तौल बढ्ने समस्या
रातिको सिफ्टमा काम गर्नाले कतिपयमा तौल बढ्ने समस्या देखिएको छ । यदि तपाईं लगातार रातिमा काम गर्नुहुन्छ भने यसले तपाईंको खाना खाने समय पनि परिवर्तन हुन्छ । साथै तपाईंको सुत्ने चक्र पनि परिवर्तन हुन्छ ।
यसबाहेक राति काम गर्नाले अन्य शारीरिक गतिविधि कम हुन्छन् जसले गर्दा तौल बढ्ने समस्या देखिन्छ ।
गम्भीर बिरामीको खतरा
रातिको सिफ्टमा काम गर्ने व्यक्ति कैयौं गम्भीर खालका रोगको सिकार हुन सक्ने सम्भावना हुन्छ । खासगरी, रातको समयमा काम गर्नाले हाम्रो सुत्ने र खाने लगायत अन्य बानीहरुमा पनि परिवर्तन आउँछ । जसको सिधा असर हाम्रो स्वास्थ्यमा पर्न जान्छ । हृदयघात, मधुमेह जस्ता रोगको खतरा बढेर जान्छ ।
सामाजिक जीवन प्रभावित हुन्छ
रातको समयमा काम गर्नाले तपाईंको शारीरिक तथा मानसिक स्वास्थ्यमा त असर पर्छ नै साथै सामाजिक जीवनमा पनि यसले असर गर्दछ । खासगरी रातको समयमा काम गर्ने व्यक्ति दिनको समयमा सुत्ने गर्दछन् जसले गर्दा अन्य सामाजिक कार्यमा सहभागी हुन पाउँदैन । अनि सामाजिक जीवन उथलपुथल हुन्छ ।
प्रतिक्रिया राख्नुहोस्