गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका वडा नं. ३ मा रहेको सत्यवतीमा मेला सोमबारदेखि सुरु हुँदैछ । हरेक बर्ष बैकुण्ठ पूर्णिमाको दिन मेला लाग्दै आएको छ ।
यस बर्ष मेलाको अवसरमा पुख्र्यौली नचरी नाँच, नौमति बाजा, स्थानीय कलाकारहरुको भब्य तयारी रहेको छ । मेलामा नचरीमा युवा पुस्ताले नाच देखाउने आयोजकले बताएको छ । नचरीमा स्थानीय दांसिंगा टोल, कुरह, कुट्डाँडा, गाउँडाडा, पल्लोखोला, बुझुङलगायत स्थानहरुबाट नचरी प्रस्तुति रहनेछ ।
मेलाको अवसरमा स्थानीय प्रगतिशील समाज क्वाङले मगर मौलिक संस्कृतिमा आधारित विभिन्न नाचहरु देखाउने कार्यक्रम रहेको छ । यस्तै नाँचहरु दांसिंगा, कसिन्थला, गाउँडाडालगायत स्थानका कलाकारहरुले समेत देखाउनेछन् ।
स्थानीय प्रगतिशील समाज क्याङले साविकको ठूलो लुम्पेक वडा स्थानीय भलिबल प्रतियोगिता समेत सुरु गरेको छ ।
मेलामा गुल्मी, पाल्पा, रुपन्देही, अर्घाखाँची, पर्वत, बागलुङ, स्याङ्जालगायत विभिन्न क्षेत्रबाट आउने गर्दछन् । सत्यवती क्षेत्रबाट हिमालय शृंखलाहरु देख्न सकिन्छ ।
मेलाको अवसरमा लोक कलाकार सुदीप सिंजाली मगर, चीज गुरुङ, सुमन थापा मगरको समेत प्रस्तुति रहने आयोजकले बताएको छ ।
प्रतिक्रिया राख्नुहोस्