मिलन आन्तफ
मानव मस्तिष्क स्नायु प्रणालीको महत्वपूर्णअंग हो । मस्तिष्क केन्द्रीय स्नानु प्रणालीको सञ्चालक हो । यसको सुरक्षा खप्परले गर्छ । यो अंग हेराई, बोलाई, सुनाई, स्वाद तथा नियन्त्रणको प्रमुख केन्द्र हो । यो निम्न भागहरुमा विभाजित छ, (१) प्रमस्तिष्क (Celebral Hemisphere), (२) अनु मस्तिष्क (Celebelluun ), (३) ब्रेनस्टेम, जसमा मिडब्रेन, पन्स र मेदूल्ला रहेको हुन्छ ।
खप्पर र मस्तिष्कको बीचमा तीन प्रकारका रक्षात्मक कवचहरु हुन्छन्, जसलाई “मेनिञ्जेस” भनिन्छ । यी मेनिञ्जेसहरु बाहिरदेखि भित्रसम्म क्रमशः ड्युुरा, एराकनोइड र पायामातर हुन् । मस्तिष्कले शरीरका अन्य अंगहरुलाई निर्देशन दिन र अन्य अंगहरुसँग समन्वय गर्न नसा र हर्माेन प्रयोग गर्दछ ।मस्तीष्कबाट निस्कने नसााहरुलाई विभिन्न प्रकारले विभाजन गर्न सकिन्छ । जस्तै , मस्तिष्कबाट सिधै निस्कने नसाहरुलाई केन्द्रीय नसा भनिन्छ भने मस्तिष्कबाट ढाड हुदै निस्कने नसाहरुलाई स्पाइनल नसा भनिन्छ । मस्तिष्कमा अंगहरुबाट जानकारी लग्ने नसाहरुलाई इफरेन्ट भनिन्छ ।
मस्तिष्कको पोषणको निमित्त शरीरका अन्य अंगहरुमा झै मस्तिष्कमा पनि रक्त धमनीहरु रहेका हुन्छन् । मस्तिष्कमा प्रवेश गर्ने रक्त धमनीहरुले मस्तीष्कभित्र एउटा धमनी चक्र बनाउछन्, जसलाई सर्कल अफ विली भनिन्छ । यस प्रकारको धमनीको चक्राकार संरचनाले गर्दा एक धमनी कुने कारणवशः अवरुद्ध हुँदा पनि अर्काे धमनीले मस्तिष्कलाई पोषण दिन सक्ने हुन्छ ।
निदाएको र सपनाको बेला मानिसको दिमाग झनै सक्रिय हुन्छ । मानिस किन हाँस्छ भन्ने कुरा उसलाई पनि थाहा हुदैन । मान्छे चाहेर मात्र हास्न सक्दैन । हाँस्ने भन्ने कुरा मस्तिष्कले आफै नियन्त्रण गर्न काम हो । मानिसको दिमाग दिनको तुलनामा रातमा ठुलो हुने गर्दछ । यो दिमागको एक सानो भाग पिट्युटरी ग्रन्थीको कारणले भएको हो । सुनेको समय यसले दिमाग बढाउने हर्माेन निकाल्दछ ।
किंग्स कलेज लण्डनका अनुसन्धानहरुले मस्तिष्कको विकास प्रक्रियाको अवस्था जस्तै अटिज्म अर्थात् स्वध्यान केन्द्रित मानसिक अवस्था र एपिलोप्सी अर्थात् मुच्र्छित क्रियाबारे बुझ्ने आधारहरु पत्ता लगाएका छन् । छाला मानविय मस्तिष्कको सबैभन्दा ठुलो क्षेत्र हो, यो नै हाम्रो सिकाइ, स्मरणशक्ति र भावी दिनमा काम गर्ने उच्च स्तरीय क्षेत्रताको योजना निर्माणमा जिम्मेवार हुन्छ । ती एक्साइटेटरी र इन्हिबिटरी न्युरोन हुन् जसलाई अनुसन्धान कर्ताले ‘गो’ र ‘नो गो’ न्युरोनका रुपमा परिभाषित गरेका छन् ।
एक्साइटेटरी ‘गो’ न्युरोन्सले सुचना प्रक्रियाको काम गर्नुका साथै अन्य न्युरोन्सलाई के गर्ने भन्ने आदेश गर्छ, इन्हिबिटरी ‘नो गो’ न्युरोन्सले एक्साइटेटरी न्युरोन्सको गतिविधिमा कडाई गर्छ । जसका कारण तिनीहरु एकैसाथ अघि बढ्न सक्दैनन् । एकदमै धेरै ‘गो’ ले न्युरोनहरुको ‘ओभर–फाइरिङ’ गराउँछ, जुन एपिलेप्सीमा देखिएको छ । जबकी धेरै ‘नो गो’ ले भने संज्ञानात्मक समस्याहरुको सिर्जना गर्छ । डा. फाेंग कुआन बोंगका अनुसार शरीरिक प्रक्रिया पनि मस्तिष्क निर्माण र विकासमा आधारभुत रुपमा आउने गर्छ ।
भौतिक पदार्थको अस्तित्वबिना मानव ज्ञान सम्भव हुदैन । संज्ञान बाहिरी वातावरण र अनुभुतिहरुको मस्तिष्कमा प्रतिविम्बन हुँदा पैदा हुने चेतना हो । मस्तिष्क पदार्थको सुसंगठित समुच्चंय हो । द्धन्दात्मक भौतिकबादले मानव ज्ञान र चेतनालाई बाहिरी वातावरणको मस्तिष्कमा प्रतिविम्बन हुँदा पैदा भएका संज्ञानका रुपमा विश्लेषण गर्दछ । यो बाहिरी बातावरण र मानिसको मस्तिष्क बिच हुने विपरितहरुको एकत्वको परिणाम हो । बाहिरी वातावरण र मस्तिष्कको अस्तित्व बिना मानिसमा संज्ञानको अनुभुति असम्भव छ ।
आदर्शबाद अर्थात् अध्यात्मबादले संज्ञानलाई इश्वरीय र परलौकिक आत्मा अर्थात ब्रह्मको शक्ति मान्दछ । अध्यात्मबादी दृष्टिकोणमा बिचार वा चेतना आत्माको उपज हो । मस्तिष्क पदार्थको अति संवेदनशील, सुुसङ्गठित र समुच्चय रुप हो, ज्ञानको भण्डार पनि हो । भौतिक परिवेशको मस्तिष्कमा हुने प्रतिविम्बनबाट नै मानिसले इन्द्रीय ग्राह्य र बुद्धि संगन ज्ञान प्राप्त गर्दछ । त्यस्तो ज्ञान परिक्षण र प्रयोगका क्राममा विकसित हुन्छ र त्यस्तो ज्ञान सिद्धान्त, दर्शन र अन्वेषणका रुपमा स्थापित हुन्छ । यसभन्दा पृथक मानिसले कुनै अलौकिक शक्ति वा इश्वर सामथ्र्यबाट ज्ञान प्राप्त गर्न सक्दैन ।
(मनहरि तिमिल्सिनाको पुस्तक ‘ कम्युनिष्ट स्कुल’ बाट )
प्रतिक्रिया राख्नुहोस्