तुर्माखाद गाउँपालिका वडा अध्यक्ष शर्मालाई नेकपाद्वारा कारवाही



कमल विक,अछाम । तुर्माखाद गाउँपालिका कार्यालयमा मदिरा सेवन गरी सेवा ग्राही लाई गाली गर्ने वडा नं ६ का वडा अध्यक्ष मुक्तिनाथउपाध्याय लाई विप्लप नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले चेतावनी सहित सार्वजनिक रूपमा माफी माग्न लगाएको छ।

अध्यक्ष उपाध्यायले तुर्माखाद गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम ब बुढा, तुर्माखाद ४का वडा अध्यक्ष कविराम बयक, नेकपा ईन्चार्ज कविन्द्र शाही, टेक बहादुर खड्का प्रहरी हवल्दार लगाएतको रोहबरमा माफि माग्नु भएकाे थियाे।

अध्यक्ष उपाध्याय नेपाल कम्युनिस्ट पार्टी एमालेका नेता समेत रहेनु भएकाे छ।


  अध्यक्ष उपाध्यायले सोमबार दिउँसो कार्यलयमा मदिरा सेवन गरी बस्नु भएकाे थियाे उहाँले त्यहाँ आयका सेवा ग्राही लाई अप शब्द प्रयोग गर्दै गालि गरी रहेका समयमा नियन्त्रणमा लिई कार्यकारी लाई बुझाएको नेकपाका तुर्माखाद गाउँपालिका ईन्चार्ज कविन्द्र शाहीले दाबी गर्नु भएको छ।

वडा अध्यक्ष उपाध्याय सधै जसो मदिरा सेवन गरी कार्यालय जाने तथा सडकमा पल्टिएको गुनासो पार्टीलाई धेरै आयको ईन्चार्ज शाहीको भनाई छ। उहाँ फेरिपनि नसुध्रिए यसको परिणाम राम्रो नहुने नेता शाहीले बताउनु भएको छ।


   अध्यक्ष उपाध्यायले नियमित रूपमा कार्यलयमा मदिरा सेवन गरेर जाने सेवा ग्राहीको गुनासो छ। स्थानीय सरकारका संचालक जनप्रतिनिधिनै यसरी कुलतमा फसेपछि त्यसको नकारात्मक असर टोल र बस्ती सम्म पर्ने धेरैको चिन्ता छ।