प्रकाश थापा,धनगढी कैलाली ।जनपत्रकार संगठन नेपाल सुदुरपश्चिम प्रदेश समितिको आयोजनामा नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश धनगढी कैलालीमा मर्यादित अनुशासित र जिम्मेबार पत्रकारिता बनाउने विषयमा तपसिल बमोजिमको ५ बुँदे ज्ञापन पत्र बझाएको छ ।
सो ज्ञापन पत्र ग्रहण गर्दै पत्रकार महासंघ प्रदेशका सचिव हरी जोशीले ज्ञापन पत्रमा उत्थान गरिएका विषयवस्तु सही र अहिलेको समय सान्दर्भिक भएको हुँदा आफ्नो नितिनिर्णयमा लागु गरि अगाडी बढने र यसमा सबै पत्रकार साथीहरुले साथ दिनु पर्ने बताउनु भयो ।
सो ज्ञापन पत्र पेस गर्दै जनपत्रकार संगठन नेपालका प्रदेश अध्यक्ष प्रकाश थापाले पत्रकार महासंघ भनेको सबैको साँंझा संगठन भएकोले हामीले उठाएका एजेण्डालाई कुनै पुर्वाग्रह ढंगले नहेरी कार्याल्वयन गर्नु पर्ने बताए ।
सो सन्दर्भमा आफ्नो भनाइ राख्दै प्रदेश सचिव धर्म सिंह विकले यो प्रदेशभित्र पनि नेपाल सरकार र भारतिय सरकारको सुराकी भइ दलाली गर्ने पत्रकारलाई पत्रकार महासंघले तु कार्बाही गर्नु पर्ने बताए । सो ज्ञापन पत्र पेस गर्दा प्रदेश अध्यक्ष प्रकाश थापा,सचिव धर्म सिंह विक,सदस्यहरु राजन जैगदी,पुस्पा साउँद र भरत दास लगायतको उपस्थिति थियो ।
भने आज नै कैलाली,कञ्चनपुर,डडेल्धुरा रअछाम जिल्ला समितिले पनि नेपाल पत्रकार महासंघ जिल्ला शाखालाई ज्ञापन पत्र बुझाएको छ ।
ज्ञापन पत्र बुदाँगत रुपमा :
१)श्रमजीवी पत्रकारहरूको न्युनतम पारिश्रमिक,पेशागत सुरक्षा र स्थायित्वलाई सुनिश्चित गर्न ठोस पहल गरियोस् साथै कोविडका कारण रोजगार गुमाएका संचारकर्मीको पुर्नस्थापना,राहत र स्वास्थ्य उपचारका लागि पहल गरियोस् ।
२)सदस्यहरुको सुदृढीकरण गरी महासंघलाई मर्यादित र जिम्मेवारी बनाइयोस्,पत्रकारिता गरिरहेका पत्रकारहरुलाई सहज र निष्पक्ष रुपमा सदस्यता प्राप्त हुने सुनिश्चित गरियोस् ।
३ं) नेपाल पत्रकार महासंघले परिचालन गर्ने प्रत्यक्ष विदेशी सहायतालाई रोकियोस,महासंघलाई आत्मनिर्भर र स्वदेशी सहायताबाट संचालन गर्न पहल गरियोस् ।
४) समानुपातिक विज्ञापन प्राणालीलाई कार्यान्यवन गर्न संस्थागत पहल गरियोस्।
५) पत्रकारहरुको वृद्धि विकास गर्न तालिम र प्रशिक्षणको व्यवस्था गरियोस् ।
प्रतिक्रिया राख्नुहोस्