महंगीको अत्याचार :  रासायनिक मलको मूल्य वृद्धि

बुटवल । सरकारले रासायनिक मलमा अनुदान कटौती गरेको छ। रासायनिक मलको अन्तर्राष्ट्रिय मूल्य बढ्दै गएको तथा अमेरिकी डलरको तुलनामा नेपाली मुद्राको विनिमयदरमा कमी आएकोले अनुदान कटौती गरिएको हो।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार मलमा दिँदै आएको अनुदानमा ११.७८ प्रतिशतले कटौती गरिएको हो। यसअघि ७०.८२ प्रतिशत अनुदान दिँदै आइएकोमा अब ५९.०४ प्रतिशतमात्र अनुदान दिइनेछ। यसलाइ क्रमशः ५० प्रतिशतमा कायम गरिने मन्त्रालयको भनाइ छ।

मन्त्रालयका अनुसार अब युरियाको २५ रूपैयाँ, डिएपीको ५० रूपैयाँ, पोटासको ४० रूपैयाँ मूल्य कायम भएको छ।

यसअघि युरिया १४, डिएपी ४३ र पोटासको मूल्य ३१ रूपैयाँ थियो।