महासचिव विप्लव र झलनाथ खनालबीच भेटवार्ता

बुटवल ।  नेपाल कम्युनिस्ट पार्टीका महासचिब विप्लब सी , प्रवक्ता प्रकाण्ड सी र नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालबीच आज साँझ भेटवार्ता भएको छ ।

उक्त भेटवार्तामा देशको वर्तमान राजनीतिक संकटको बिषयमा गम्भीर छलफल भएको बताइएको छ। यसैगरी, उक्त भेटवार्तामा देशको स्वाधिनता र जनअधिकारको बिषयका साथै पछिल्लो समय देखा परेको आर्थिक संकटको बिषयमा समेत छलफल भएको बताइएको छ ।

यसैगरी, उक्त भेटवार्तामा देशको कम्युनिस्ट आन्दोलनमा देखा परेको समस्या र समाधानको बिषयमा महत्वपूर्ण छलफल भएको बताइएको छ।