साम्राज्यवादीहरुलाई खुशी पार्न प्रचण्डले एकताको हल्ला चलाए : अनिल सी

साम्राज्यवादीहरुलाई खुशी पार्न प्रचण्डले एकताको हल्ला चलाए : अनिल सी

बुटवल । नेकपाका स्थायी समिति सदस्य एवं प्रकाशन विभाग प्रमुख अनिल शर्मा विरहीले प्रचण्डलाई केन्द्रीय समितिको बैठकमा देव गुरुङले गद्धार भनेको बताउनुभएको छ । माओवादी जनयुद्धको क्रममा सैन्य विज्ञानको सुदृढ गर्न राजनीतिक वैचारिक विकास गर्नु आवश्यक भएपनि प्रचण्डले यसो गर्न नसकेको बताउनुभयो । 

उहाँले क्रान्ति सम्पन्न गर्न संयुक्त मोर्चा जरुरी भएको बताउदै जनयुद्धको क्रममा प्रचण्ड र बाबुरामवीचको अन्तरविरोधले पार्टीलाई क्षति भएको बताउनुभयो । 

उहाँले कम्युनिस्ट पार्टीको एकता एमसीसी कार्यान्वयन गर्न, संसदीय व्यवस्थालाई बलियो बनाउन र राष्टघात गर्न एकता सम्भव नहुने बताउनुभयो । उहाँले कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी र क्रान्तिकारीहरुबीचको धु्रवीकरण हुन लागेको बताउनुभयो । 

उहाँले संसदीय व्यवस्था असफल भएको बताउदै साम्राज्यवादीहरुलाई खुशी पार्न प्रचण्डले पार्टीको नाम, झण्डा र चुनाव चिन्ह फेर्न लागेको बताउदै आफ्नो कार्यकर्तालाई नेकपामा आउन नदिन एकताको भ्रम दिइरहेको बताउनुभयो । उहाँले संसदीय संकटलाई क्रान्तिकारी संकटमा बदल्न जरुरी रहेको बताउनुभयो । 

उहाँले अहिले देशको आर्थिक संकट बनावटी भएको भन्दै यसको समस्या दलाल पुँजीवाद भएको बताउनुभयो । उहाँले वीरजंगको बाटोमा हिड्नुको अर्थ उहाँको सपनाहरुलाई पुरा गर्नुरहेको बताउनुभयो ।