बुटवल । नेकपा नवलपरासीले महंगी विरुद्ध प्रदर्शन गरेको छ । जिल्लाको रामग्राममा नेकपाले महंगी, भ्रष्टाचार र लघुवित्तीय संस्थाहरुको ज्यादतीविरुद्ध प्रदर्शन गरेको हो ।
प्रदर्शनपछि कोणसभामा बोल्दै पार्टी केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज कमल सीले राज्यले लघुवित्त संस्थाको नाममा कानुन बनाएर जनतालाई आत्महत्या गर्न बाध्य पारेको बताउदै यसका विरुद्ध पार्टीले संघर्ष गर्ने बताए । उनले जिल्लामा मिटरब्याजीहरु विरुद्ध पार्टीले जस्तोसुकै संघर्ष समेत गर्ने बताए ।
केन्द्रीय कार्यक्रम अन्तर्गत नवलपरासीमा महंगी विरुद्ध प्रदर्शन गरिएको जिल्ला सेक्रेटरी प्रताप सीले बताए । विरोध प्रदर्शनपछिको कोणसभाको संचालन लोकमान सीले गरेका थिए ।
प्रतिक्रिया राख्नुहोस्