एजेन्सी । पोल्याण्डमा भएको मिसाइल आक्रमणमा २ जनाको ज्यान गएको छ । स्थानीय समय अनुसार मंगलबार दिउँसो भएको मिसाइल आक्रमणमा २ जनाको ज्यान गएको छ भने ४ जना घाइते भएका छन् । उत्तर एटलान्टिक सन्धी संगठन नेटोको एक महत्वपूर्ण र बलियो सदस्य देशमा मिसाइल आक्रमण हुनुलाई संसारभरबाट निकै महत्व र गम्भीरताका साथ हेरिएको छ ।
पोल्याण्ड र पश्चिमा सञ्चारमाध्यमले मिसाइल रुसमा बनेको पाइएको र यो आक्रमण रुसले नै गरेको आरोप लगाएका छन् । तर रुसको रक्षा मन्त्रालयले आरोपलाई कडा शब्दमा अस्वीकार गरेको छ । रुसी मिडियाले पनि युक्रेनले पोल्याण्डमा आक्रमण गरेर उत्तेजना फैलाउन खोजेको जवाफ दिएका छन् ।आक्रमणपछी नेटोका सेना तयारी अवस्थामा रहेका छन् ।
पोल्याण्डले पनि आफ्ना सबै सैन्य बललाई जुनसुकै अवस्थाको लागि तयार हुन निर्देशन दिएको छ । पछिल्ला गतिविधिले रुस र नेटो सेनाबीच पनि लडाइँ हुन सक्ने भन्दै तनाव बढेको छ ।नेटो प्रमुख जेन्स स्टोल्टनबर्गले विस्फोटको बारेमा पोल्याण्डका राष्ट्रपति एन्ड्रेज डुडासँग कुरा गरेको उल्लेख गर्दै नेटोले स्थितिको अनुगमन गरिरहेको छ सहयोगीहरूले नजिकबाट परामर्श गरिरहेका बताएका छन् ।
सबै तथ्यहरू स्थापित हुनु महत्त्वपूर्ण भएको र तथ्य स्थापित भएपछि एक्सन लिन सजिलो हुने उनको भनाई छ ।यस्तै, रुसी निर्मित क्षेप्यास्त्र आफ्नो क्षेत्रमा खसेर युक्रेनी सीमानजिकै दुई जनाको मृत्यु भएको निष्कर्ष निकालेपछि पोल्याण्डले रुसी राजदूतलाई बोलाएको छ ।
प्रतिक्रिया राख्नुहोस्