कुन किताब पढ्ने ? किन पढ्ने ? 

'हामीले जीवन र जगतलाई बुझ्ने किताबहरुको अध्ययन गर्नुपर्दछ'

कुन किताब पढ्ने ? किन पढ्ने ? 

दशैंको विदामा विभिन्न किताबको प्रचार भइरहेका छन् । वास्तवमा पढ्नका लागी दशैं कुर्नु पर्दैन । पढ्नेहरुले कुर्दैनन् पनि । किताबप्रति गहिरो रुचि राख्ने पाठकहरुले जहिल्यै चुपचाप पढिरहेका हुन्छन् । उनीहरुले केही न केही लेखिरहेका हुन्छन् । तर नपढ्नेहरुले सामाजिक सञ्जालमा किताबका आवरण फोटो खिचेर पोस्ट्उँछन् र आफुलाई किताब पढ्न रुचि भएको देखाउँछन् । त्यसो त किताबको प्रचार गर्नु नराम्रो होइन । प्रचारले बजारलाई सहयोग गर्छ । प्रकाशकहरु पनि दशैको बेला नयाँ किताबहरु प्रकाशन गरेर बिक्री गरेको प्रचार गरिरहेका छन् । प्रचार वा किताब विक्री हुनु र नहुनुले किताबको गुणस्तर मापन गर्दैन । बजारमा जति हल्ला चल्छन् गुणस्तरीयताको दृष्टिले कमजोर हुन सक्छन्, जुन किताबको प्रचार हुँदैन त्यो गुणस्तर हुन सक्छ । अझ दशैंका बेला किताब प्रचार र विक्रीका लागी पुरस्कार पछि दर्गुछन् । साँचो कुरा पुरस्कार किताबको पछि दौडिनुपर्ने हो तर अहिले बजारमा पुरस्कारका पछाडी लेखकहरु स्वयं दगुरिहेको बिडम्बना छ । 

दशैंको बेला वा फुर्सदको कुनैपनि बेला हामीले जीवन र जगतलाई बुझ्ने किताबहरुको अध्ययन गर्नुपर्दछ । जीवन र जगतलाई बदल्ने, अर्थात् समाज र राज्यसत्तालाई बदल्ने किताबहरुको अध्ययन गर्नुपर्दछ । कुन किताब पढ्ने ? यसबारेमा किताबको नाम र संक्षिप्त परिचय दिइएको छ । 

१. पूँजी, (भाग १, २ र ३) – कार्ल माक्र्सद्वारा लिखित यो पुस्तकमा अतिरिक्त श्रमद्वारा पैदा हुने अतिरिक्त मूल्य, पूँजीवाद र सर्वहारावर्ग, साम्यवाद र कम्युनिष्ट लगायतका विषयमा विपद् व्याख्या गरिएको छ । यो कम्युनिष्टहरुका लागि महत्वपूर्ण पुस्तक हो । १८६७ मा प्रकाशित पुँजी भाग १ मा पुँजी कसरी उत्पन्न हुन्छ ? पुँजी लगाएर कसरी नाफा हुन्छ ? भन्ने कुरा उल्लेख छ । यो ८०० पृष्ठमा रहेको छ । १८८५ मा प्रकाशित पुँजी भाग २ मा उत्पादनदेखि उपभोगसम्मको अवस्था रहेको छ । १८९४ मा प्रकाशित पुँजी भाग ३ मा नाफा पुँजीपति वर्गमा कसरी भाग लगाइन्छ भन्ने उल्लेख रहेको छ । सन् १९०५ मा प्रकाशित अतिरिक्त मुल्यको सिद्धान्तमा अतिरिक्त ज्यालाको शोषणबारे उल्लेख रहेको छ । 

२. अतिरिक्त मूल्यको सिद्धान्त – कार्लमाक्र्सद्वारा लिखित योपुस्तक माक्र्सवादी अर्थशास्त्र सम्बन्धी विषद् पुस्तक हो । पुस्तकले अतिरिक्त श्रमद्वारा गर्ने अतिरिक्त मूल्यको विषयमा व्याख्या गरेको छ । यो पुस्तक निकै महत्वपूर्ण छ । 

३. कम्युनिष्ट घोषणापत्र – सन् १८४८ मा माक्र्स–एङ्गेल्सद्वारा लिखित कम्युनिष्ट घोषणापत्र विश्वका सबै कम्युनिष्टहरुका लागि दिशानिर्देश हो । यसमा सर्वहारा वर्गको विजयबारे संक्षिप्त तर गहन व्याख्या गरिएको छ । कम्युनिस्ट घोषणापत्र वैज्ञानिक समाजवादी कार्यक्रम सम्बन्धी पहिलो दस्तावेज हो । यो दस्तावेज कम्युनिस्ट शिक्षाका मूलभूत सिद्धान्तहरुको सम्पूर्ण र सुगठित विवेचना हो । यसमा नयाँ विश्वदृष्टिकोण, सामाजिक जीवनलाई पनि आफ्नो परिधिमा लिन सक्ने सुसंगत भौतिकवाद, विकासको अधिकतम र सर्वाङ्गिण तथा गम्भीर शिक्षाका रुपमा द्धन्द्धवाद, वर्गसङ्घर्षको तथा नयाँ कम्युनिस्ट समाज, सर्वहारा वर्गको विश्वको ऐतिहासिक क्रान्तिकारी भूमिको सिद्धान्त वर्णन गरिएको छ । यो संसारका शोषित–पीडित, सर्वहारा, मजदुर किसान, गरिबहरुको पक्षमा दार्शनिक ढंगले व्याख्या गरिएको वैज्ञानिक पुस्तक हो । यो २०० भन्दा बढी भाषामा अनुवाद गरिएको चर्चित पुस्तक हो । 

४. दर्शनको दरिद्रता – कार्ल माक्र्सद्वारा लिखित यस पुस्तक प्रुँधोंद्वारा लिखित ‘दरिद्रको दर्शन’ पुस्तकको खण्डन हो । माक्र्सवादलाई दरिद्रको दर्शन ठान्ने पु्रँधों नै दर्शनको दरिद्र रहेको माक्र्सले पुस्तकमा उल्लेख गरेका छन् । 

५. पेरिस कम्युन (फ्रान्स गृहयुद्ध) र गोथा कार्यक्रमको आलोचना – कार्ल माक्र्सद्वारा लिखित यस पुस्तकमा पेरिस कम्युन, त्यसले पैदा गरेका वैचारिक र राजनीतिक आयामहरुबारे प्रकाश पारिएको छ । 

६. ड्युहरिङ मतखण्डन – फ्रेडरिक एङ्गेल्सद्वारा लिखित यस पुस्तकमा चिन्तक युजेन ड्युहरिङको मतको खण्डन गरिएको छ । यो पुस्तक दर्शनसम्बन्धित रहेको छ । 
७. भौतिक विज्ञानको विकासक्रम – अल्वर्ट आइन्स्टाइनद्वारा लिखित यस पुस्तकमा भौतिकशास्त्र र आइन्स्टाइनले गरेको अनुसन्धानको बारेमा चर्चा गरिएको छ । 
८. मानव समाज – राहुल सांस्कृत्यायनद्वारा लिखित यस पुस्तकमा मानव जातिको उत्पत्ति, राज्यको उत्पत्ति र विकास, मानव समाज र सङ्घर्षबारे व्याख्या गरिएको छ । यसको नेपाली अनुवाद युवराज पन्थीले गरेका छन् । 
९. प्रकृतिको द्धन्द्धात्मकता – फ्रेडरिक एङ्गेल्सद्वारा लिखित यस पुस्तकमा प्रकृति, यसको द्धन्द्धात्मक सम्बन्ध, भौतिक विज्ञान र सामाजिक अन्तर्सम्बन्धबारे गहन व्याख्या गरिएको छ । 
१०. परिवार, नीजि सम्पत्ति र राज्यको उत्पत्ति – फ्रेडरिक एङ्गेल्सद्वारा लिखित यो पुस्तक धेरैगहन छ । पुस्तकमा नश्ल, गोत्र, वंश, जात, जाति, राष्ट्रको उत्पत्ति र विकासबारे व्याख्या गरिएको छ । पुस्तकमा नीति सम्पत्ति, राज्यको उत्पत्ति र यसका कारणबारे व्याख्या गरिएको छ । 
११. राज्य र क्रान्ति – यो भीआई लेनिनद्वारा लिखित पुस्तक हो । पुस्तकमा लेनिनले राज्य, राज्यको चरित्र, राज्यसत्ता परिवर्तनमा क्रान्तिको भूमिका, यसका वैचारिक आधार, कम्युनिष्ट कार्यनीति, संगठन र सङ्घर्षबारे गहिरो विवेचना गरेका छन् । 
१२. वामपन्थी साम्यवाद : एक बाल रोग – भीआई लेनिनद्वारा लिखित यस पुस्तकमा उग्रवामपन्थी भड्कावबारे चर्चा गरिएको छ । आत्मगत र वस्तुगत परिस्थिति तयार नहुँदै मनोगत आकांक्षाका भरमा क्रान्ति हुन नसक्ने तथ्यलाई पुस्तकमा प्रकाश पारिएको छ । 
१३. कम्युनिष्ट नैतिकता – कम्युनिष्टहरुका पाँच मूख्य नेताहरुका दृष्टिकोणमा आधारित यो पुस्तक सङ्कलित रचना हो । यस पुस्तकमा सामाजिक एवं व्यक्तिगत जीवनमा कम्युनिष्टहरुले अपनाउने बानी, व्यहोरा, दृष्टिकोण, संस्कार र संस्कृतिबारे चर्चा गरिएको छ । 
१४. आमा – म्याक्सिम गोर्कीद्वारा आमा पुस्तक लिखित क्रान्तिकारी उपन्यास हो । यो रुसी क्रान्तिका दौरानमा लेखिएको विश्वप्रख्यात उपन्यास हो । नयाँ पुस्ताका क्रान्तिकारीले पढ्नैपर्ने पुस्तक हो आमा । १९०५ को असफल अक्टोबर क्रान्तिको चित्रण उपन्यासमा गरिएको छ । 
१५. स्टालिनका छानिएका रचना – कृष्णदास श्रेष्ठद्वारा लिखित यस पुस्तकमा स्टालिनको शासनकालका उनका महत्वपूर्ण रचना र विचार समेटिएको छ । स्टालिनबारे जान्न चाहनेहरुका लागि पुस्तक उपयोगी छ । 
१६. राजनीतिक अर्थशास्त्रको मुलभूत सिद्धान्त (साङ्घाई टेक्टबुक) – माओत्सेतुङका गहन विचारहरुलाई समावेश गरेर तयार पारिएको यो पुस्तक प्रसिद्ध रचना हो । माक्र्सवादी दर्शन, अर्थशास्त्र र समाजशास्त्रका दृष्टिले यो पुस्तक गहन छ । 
१७. दर्शनबारे पाँच कृति – माओत्सेतुङद्वारा लिखित यस पुस्तक संक्षिप्त तर गहन छ । पुस्तकमा ज्ञानको स्रोत, ज्ञानको व्यवहारिक प्रयोग र यसका दार्शनिक पक्षबारे चर्चा गरिएको छ । माक्र्सवादी दर्शनमा यो पुस्तक धेरै गहन मानिन्छ । 
१८. माओत्सेतुङका सैनिक रचना – विभिन्न भागमा प्रकाशित यस पुस्तकमा माओत्सेतुङका सैनिक दृष्टिकोण, निर्देशन र फौजी कार्यदिशा सम्बन्धि महत्वपूर्ण दस्तावेजहरु समेटिएका छन् । 

१९. सर्वहारा सांस्कृतिक क्रान्तिका ऐतिहासिक दस्तावेज – यस पुस्तक सन् १९६६–१९७६ को चिनियाँ सांस्कृतिक क्रान्तिलाई बुझ्न धेरै उपयोगी छ । यस पुस्तकमा सांस्कृतिक क्रान्ति कालका दस्तावेजहरु समाविष्ट छन् । विलियम हिन्टनद्धारा लिखित यो पुस्तकको नेपाली अनुवाद युवराज पन्थीले गरेका छन् । 
२०. महान बहस – यो पुस्तक रुसमा खु्रश्चेवको नेतृत्व (सन् १९५६) पछि रुसी कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीच चलेका वैचारिक बहसको सङ्कलित रचना हो । यसमा रुसी कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीले वैचारिक बहसका रुपमा एक–अर्कालाई पठाएका प्रायः सबै चिठीहरु सङ्कलित छन् । 
२१. नयाँ जनवादी क्रान्ति – चिनियाँ लेखक हो कान चद्वारा लिखित यस पुस्तकमा चिनियाँ नयाँ जनवादी क्रान्ति, यसका विशेषता र विश्व कम्युनिष्ट आन्दोलनमा यसको योगदानबारे चर्चा गरिएको छ । 
२२. चीनको आधुनिक इतिहास – सी चिनफिङका वैचारिक लेख, प्रतिवेदन र मन्तव्यहरु सङ्ग्रह गरेर तयार पारिएको यो पुस्तक चीनको पछिल्लो विकास र समाजवादको अभ्यासबारे बुझ्न निकै उपयोगी छ । यसमा सीले चीनको रणनीतिक विकास र सुदृढीकरणबारे बृहत दृष्टिकोण प्रस्तुत गरेका छन् । 
२३. माक्र्सवादी दर्शन – यो पुस्तक मोहन वैद्यद्वारा लिखित दार्शनिक तथा वैचारिक आलेखहरुको सङ्ग्रह हो । पुस्तकमा वैद्यले दर्शन, अर्थशास्त्र र समाजवादका आयामहरुबारे व्याख्या गरेका छन्। माक्र्सवादी दर्शनमा रुचि राख्नेहरुका लागि यो उपयोगी पुस्तक हो । 
२४. सङ्घर्षको दर्शन – मोहन वैद्यद्वारा लिखित सङ्घर्षको दर्शनमा माक्र्सवाद र संशोधनवाद बीचको वैचारिक अन्तर खुट्याउने प्रयास गरिएको छ । माक्र्सवाद रुचि राख्ने पाठकहरुका लागि यो उपयोगी पुस्तक हो । 
२५. दर्शनशास्त्रको प्रारम्भिक ज्ञान – रुसी लेखक भिक्टर आफानास्योभद्वारा लिखित यो पुस्तक धेरै गहन र सरल छ । पुस्तकमा दर्शन, यसको उत्पत्ति, राज्य र यसको विकास, ब्रह्माण्ड र त्यसको भौतिक जीवनमा सम्बन्ध, समाजवाद र यसका आयामबारे स्पष्ट व्याख्या गरिएको छ । यो माक्र्सवादका विद्यार्थीहरुले पढ्नैपर्ने पुस्तक हो ।
२४. वैज्ञानिक समाजवाद– विप्लवद्धारा लिखित वैज्ञानिक समाजवाद÷साम्यवादको खोज, यसको प्रयोग र सफलता, यसमा आएका समस्या, वैज्ञानिक समाजवादमाथिको संशोधनवादी र पुँजीवादी÷प्रतिक्रियावादीहरुको आक्रमण, पुँजीवादको पुनस्र्थापना, त्यसमा आएका समस्या र असफलता र वैज्ञानिक समाजवादको नयाँ मार्गका बारेमा यसका ऐतिहासिक, वैचारिक र राजनीतिक पक्ष अध्ययन गरी तयार पारिएको यस पुस्तकको नेपाल कम्युनिस्ट आन्दोलनमा मात्र नभएर विश्व कम्युनिस्ट आन्दोलनका लागि पनि उपयोगी रहेको छ ।
२५. महापतन– विप्लवद्धारा लिखित यो पुस्तक माओवादी जनयुद्धदेखि नेकपा पुनगर्ठनसम्म, मूलतः माओवादी जनयुद्धदेखि किरणले नेतृत्व गरेको नेकपा–माओवादीसम्म देखिएको संशोधनवाद, विसर्जनवाद र अवसरवादको चर्चा गरिएको छ । जनयुद्धपछि प्रचण्ड बाबुराममा देखिएको वैचारिक विचलन र कम्युनिस्ट पार्टी पुनर्गठनको आवश्यकता पुस्तकमा उल्लेख गरिएको छ । 
२६. विश्व कम्युनिस्ट आन्दोलन – सीताराम तामाङद्धारा लिखित पुस्तकमा औद्योगिक क्रान्तिदेखि वैज्ञानिक समाजवादसम्म, कम्युनिस्ट लिगदेखि कम्युनिस्ट घोषणापत्र, प्रथम दोस्रो तेस्रो अन्तर्राष्ट्रिय, पेरिश कम्युन, अक्टोबर क्रान्ति, चिनियाँ क्रान्ति हुँदै विश्व कम्युनिस्ट आन्दोलनको चर्चा गरिएको छ । 
२७. समयको संक्षिप्त इतिहास – स्फिफेन हकिङ्गद्धारा लिखित यो पुस्तक विश्व ब्रह्माण्डको चित्र, अनिश्चितताको सिद्धान्त, कृष्णविवर, ब्रह्माण्डको उत्पत्ति र नियति, भौतिक विज्ञानको एकीकरण, समयको दिशा आदिबारे चर्चा गरिएको छ ।
२८. पुष्पलालका छानिएका रचना– नेकपाका संस्थापक महासचिव पुष्पलालका रचनाहरुको सङ्कलन रहेको यो पुस्तक विभिन्न भागमा विभाजित रहेको छ । पुस्तकमा क्रान्तिकारी सङ्घर्षको सिंहावलोकन, नयाँ जनवादी क्रान्ति, नयाँ जनवादी संस्कृति, कम्युनिस्ट आन्दोलनमा देखा परेका समस्याहरु, नेकपाको राजनीतिक प्रस्ताव, जनतान्त्रिक संयुक्त मोर्चाको घोषणापत्र आदि महत्वपूर्ण बिषयहरु रहेका छन्। यो महत्वपूर्ण दस्तावेज हो । 
२९. गोञ्जालोका विचारहरु– यो पुस्तक गोञ्जालोका सन् १९८९ मा एल दिएरियो पत्रिकामा दिइएको अन्तर्बार्ताको सङ्ग्रह हो । पेरुको क्रान्ति समर्थक समिति, नेपालले प्रकाशन गरेको यो पुस्तकको अनुवाद खगेन्द्र सङ्ग्रौलाले गरेका छन् । 
३०. जनक्रान्ति – जनक्रान्ति नेपाल कम्युनिस्ट पार्टीद्धारा प्रकाशित मुखपत्र हो । यो तीन अङ्कमा प्रकाशित छ । पहिलो अङ्कमा एकीकृत जनक्रान्ति विशेष, दोस्रो अङ्क उत्तरसाम्राज्यवादबारे र तेस्रो सामाजिक दलाल पँुजीवादवारे महत्वपूर्ण सामग्रीहरु रहेका छन् ।