युवा संगठन नेपाल कास्कीद्धारा ठेकेदार कम्पनिलाई कारबाहीको चेतावनी

  युवा संगठन नेपाल कास्कीद्धारा ठेकेदार कम्पनिलाई कारबाहीको चेतावनी

कास्की । नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन युवा संगठन नेपाल कास्कीले एक ठेकेदार कम्पनिलाई कारबाहीको चेतावनी दिएको छ ।
सिद्धार्थ राजमार्गको पोखरास्थित विरौटा- छोरेपाटन खण्ड तोकिएको निश्चित समय सकिएको ६ महिना बितिसक्दा पनि अझै अलपत्र परेपछि स्थानीयहरुको सहकार्यमा नै युवा संगठन नेपालले आफ्नो सक्रियता देखाएको हो । 


यसै शिलशिलामा संगठनले पोखरा महानगरका मेयर धनराज आचार्य, पोखरा १७ का वडा अध्यक्ष, सडक डिभिजन पोखराका कार्यालय प्रमुख सुबास हमाललाई ध्यानाकर्षण गर्दै ज्ञापनपत्र बुझाएको छ ।

युवा सङ्गठन नेपालको केन्द्रीय सदस्य तथा कास्की अध्यक्ष युवराज सी को नेतुत्वको टिमले सम्बन्धित पक्षलाई ज्ञापनपत्र बुझाएको हो ।