क्षितिज मगरको कथा संग्रह 'भेडीकम्बलको प्वाल' सार्वजनिक

बुटवल । जनयुद्धका क्रममा समेत एक हातमा बन्दुक र अर्को हातमा कलम समाएर एकसाथ दुबै माेर्चामा कुसलता पुर्वक लडेका क्षितिज मगर यतिबेला अाफ्नाे चाैथाे कृति “भेडी कम्बलकाे प्वाल” लिएर नेपाली साहित्याकासमा अाएका छन् । समग्र कृतिमा याे कृति चाैथाे रहेता पनि कथा कृतिमा याे उनकाे दाेस्राे कृति हाे । यस अघि “सुनछहरीकाे ऐनामा” कथासङ्ग्रह प्रकाशित भएको छ ।

हिजाे काठमाडौंमा आयोजित एक कार्यक्रममा भेडीकम्बलकाे प्वाल सार्वजनिक गरिएको हाे । कार्यक्रममा बाेल्ने वक्ताहरूले क्षितिजको यस कथाकृतिले जनयुद्धको भावभूमि समेट्नुका साथै वर्तमानकाे नेपाली उत्पीडित समाजको चरित्र चित्रण गरिएको बताए ।

हाल दाङमा बसाेवास गर्दै अाएका क्षितिज मगर राेल्पा जेलवाङ निवासी हुन् । राेल्पाकाे जेलबाङ जनयुद्धका क्रममा सबैभन्दा बढी सहिद भएको गाउँ हाे । र जनयुद्धको मुख्य केन्द्र भाग पनि हाे । हाइ स्कुल तहकाे अध्ययन छाेडेर वर्गसंघर्षमा हाेमिएका कथाकार क्षितिजकाे वास्तविक नाम परिमान बुढा हाे । जनमुक्ति सेनामा उनी रायन नामले स्थापित थिए भने साहित्यमा क्षिमगरबाट अाफ्नाे परिचय सथापित गरेका छन् । जनयुद्धका क्रममा दर्जनौं फाैजी माेर्चाहरुमा कुशलता पुर्वक कमान्ड गरेर एसाल्टमा अब्बल भएका क्षितिज लेखनमा पनि कुशल मानिन्छन् ।

सिर्जनामा आख्यान र कविता विधामा बराबर कलम चलाउँदै आएका मगरले आफ्नो लेखन विधामा वैचारिक र शिल्प ज्ञानमा पनि राम्रो दख्खल राख्छन् ।