मृत्यु संस्कारलाई सरल र वैज्ञानिक बनाउनुपर्दछ : विप्लव

मृत्यु संस्कारलाई सरल र वैज्ञानिक बनाउनुपर्दछ : विप्लव


बुटवल । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले मृत्युसंस्कार वैज्ञानिक तरिकाले गर्नुपर्ने बताउनुभएको छ । आदरणीय आमा आशिका देवी चन्दको शोक तथा श्रद्धाञ्जली सभामा बोल्दै महासचिव विप्लवले हिन्दु वर्णाश्रममा आधारित परम्परागत र रुढीवादी मृत्युसंस्कार छोड्नुपर्ने भन्दै मृत्युसंस्कारलाई सरल र वैज्ञानिक बनाउनुपर्ने बताउनुभयो ।

महासचिव विप्लवले मानव जातिको एउटै जाती हुनुपर्ने भन्दै आफुलाई सबै रुढी मान्यतालाई परित्याग गर्दै सी अर्थात् विश्व साम्यवादी जाति बनाउन चाहेको बताउनुभयो । उहाँले मृत्यु अर्थात् शोकलाई आफुहरुले फूल, फल र जडीबुटीको विरुवा रोपेर, शारिरीक रुपमा अनाथ, अशक्तहरुलाई लत्ता कपडा दिएर, अक्षयकोष खडा गरेर र श्रद्धाञ्जली सभा गरेर मृत्युसंस्कार मनाउने बताउनुभयो ।