महासचिव विप्लवकी आमा अशिकाको निधनप्रति नेकपा रुपन्देहीद्वारा श्रद्धाञ्जली व्यक्त

महासचिव विप्लवकी आमा अशिकाको निधनप्रति नेकपा रुपन्देहीद्वारा श्रद्धाञ्जली व्यक्त


विनोद खनाल, बुटवल ।.नेपाल कम्युनिस्ट पार्टीका महासचिव कमरेड विप्लपकी ९६ बर्षीय आमा आशिका चन्दको हिजो बिहान करिब ९ बजे दुखद निधन भएको छ। कपिलवस्तुको शिबगडी विप्लव निवासमा बस्दै आउनुभएकी आमाको उपचारको क्रममा निधन भएको हो।

माओबादी पार्टिबाट मोहन वैद्य किरणको नेतृत्वमा बिद्रोह गर्दै पार्टी पुनर्गठन गरेका विप्लव एकीकृत जनक्रान्त्रिको कार्यदिशा मार्फत क्रान्ति गर्ने भन्दै पछिल्लो समय आफ्नै नेतृत्वमा नेपाल कम्युनिस्ट गठन गरेका बिप्लव आशिकाका कान्छा छोरा हुन।   रोल्पामा जन्मिनुभएकी आमा  बिगत लामो समय देखि कपिलबस्तुको शिबगढिमा बस्दै आउनुभएको थियो उहाँका तिनभाई छोरा मध्येका जेठा छोरा चन्द्र बहादुर चन्द वीरजंग गत बर्ष प्रहरी हिरासतमै रहंदा बिरामि भई उपचारको क्रममा निधन भएका थिए। भने माईला छोरा जयन्द्र चन्द गणतान्त्रिक खेलकुद महासंघका अध्यक्ष हुन।

नेपालको कम्युनिष्ट आन्दोलनलाई नजिकबाट हुर्काएकी आमा चन्दको दुखद निधन प्रती नेकपा केन्द्रीय समिती र सम्बद्ध जिल्ला तथा जनबर्गीय संगठनहरुले शोक वक्तब्य निकाली श्रद्धान्जली व्यक्त गरेका छन। यसैबिच नेकपा रुपन्देही  ईन्चार्ज कृति एवं सेक्रेटरी विशवासले आईतबार एक विज्ञप्ति जारी गर्दे श्रद्धान्जली व्यक्त छन् ।

 विज्ञप्तिको पुर्ण पाठः

“हाम्रो जनप्रिय तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीका महासचिव कमरेड विप्लव सी को ९६ वर्षिय आमा आशिका चन्दको मिति २०७९ मंसिर १७ तेबिहान करिव ९ बजे हुन गएको दुःखद निधनले हामीलाई स्तब्ध बनाएको छ । यस दुःखद घडिमा आमा प्रति नेपाल कम्युनिस्ट पार्टी, रुपन्देही  भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ एवम् अभिभावक गुमाउदाको सर्वाधिक पिडापुर्ण यो क्षणमा पार्टी महासचिव कमरेड विप्लव, उहाको परिवार र आफन्तजनहरुमा पार्टी हार्दिक समवेदना व्यक्त गर्दछ ।
आमा आशिका देवि चन्दले नेपालको कम्युनिस्ट आन्दोलन, नेपाल कम्युनिस्ट पार्टी र एकीकृत जनक्रान्तिमा पुर्याएको योगदान प्रति उच्च सम्मान व्यक्त गर्दछौ । साथै दिवङ्गत आमाको क्रान्ति र परिवर्तन प्रतिको सपना पूरा गरि छाड्ने प्रतिवद्धता समेत व्यक्त गर्दछौं ।”