नेपालका लागि बेलायती राजदूतद्धारा लुम्बिनी भ्रमण

लुम्बिनी -  नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का राजदुत निकोला पोल्लिटले  विहिबार  लुम्बिनी  भ्रमण गर्नुभएको छ । लुम्बिनी भ्रमणमा आउनुभएका राजदुत निकोलालाई लुम्बिनी विकास विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय (अवधेश त्रिपाठी),  कोषाध्यक्ष सिद्धिचरण भट्टराई, सदस्य सचिव सानुराजा शाक्य सहितको टोलीले स्वागत गर्नुभएको हो ।
 
उक्त अवसरमा राजदुत निकोलाले मायादेवी मन्दिर, शान्तिदीपको अवलोकन गर्नुभएको थियो । भ्रमणका क्रममा बेलायती राजदुतावास र लुम्बिनी विकास कोष विच सहकार्य गरेर अगाडि बढ्नेबारेमा कुराकानी भएको उपाध्यक्ष भिक्षु मैत्तयले जानकारी दिनुभयो  ।
 
विश्वका बौद्ध भिक्षुणीहरुलाई लुम्बिनीमा भेला गराएर निकट भविष्यमा कविता दिवस मनाउने सोँच अनुसार बेलायती राजदूतको लुम्बिनी भ्रमण भएको उपाध्यक्ष मैत्तयले बताउनुभयो ।
 
उक्त अवसरमा लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराई, परिषद सदस्य गोपीकृष्ण शर्मा, सूचना अधिकृत राजन बस्नेतको समेत सहभागिता थियो । उक्त अवसरमा कोषका तर्फबाट राजदूत निकोललाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।