नेकपाद्वारा  काठमाडौंमा  पार्टी पुनर्गठन दिवस  मनाउँदै 


काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीले  देशव्यापी विभिन्न रचनात्मक कार्यक्रम सहित नवौ पार्टी पुनर्गठन दिवस मनाइरहेको बेला काठमाडौ उपत्यकामा भने शुभकामना अदनप्रदान तथा प्रशिक्षण कार्यक्रम गर्दै पुनर्गठन दिवस मनाउने निर्णय  भएको छ।

आज सम्पन्न काठमाडौ , ललितपुर र भक्तपुर जिल्लामा कार्यरत पार्टी इन्चार्ज तथा सेक्रेटरीहरुको बैठकले मङ्सिर ८ गते कमलादीस्थित युनिगोलोवल कलेजको हलमा बिहान ११ बजे बाट कार्यक्रम शुरु हुनेगरी पुनर्गठन दिबस मनाउने निर्णय गरेको हो।

मोहन बैध किरण नेतृत्वको तत्कालीन नेकपा माओवादी पार्टीले नेपाली क्रान्तिको राजनैतिक र सामरिक कार्यदिशाबारे प्रस्ट दृष्टिकोण निर्माण गर्न नसकेपछि नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवको नेतृत्वमा एकीकृत जनक्रान्तीको कार्यदिशा  सहित क्रान्तिकारी पार्टी निर्माण भएको दिनलाई नेकपाले दिवसको रुपमा मनाउँदै आएको छ।  

मङ्सिर ८ गते काठमाडौमा हुने शुभकामना आदनप्रदान कार्यक्रममा पार्टीका नेता कार्यकर्ता , शहिद परिवार, घाइते योद्दा र सञ्चारकर्मी सहितलाई निमन्त्रणा समेत गरेको कुरा आयोजक पक्षले  जानकारी दिएको छ।