चितवनमा जलाए जनताले मतपेटिका

बुटवल ।नेपाल कम्युनिस्ट पार्टी चितनवले क्षेत्र नम्बर १ राप्ती नगरपालिका–८ मा रहेको ब्रह्मास्थान राष्ट्रिय आधारभुत विद्यालयको ‘ख’ मतदान केन्द्रको मतपेटिका जलाएका  छन्। चितवनका डीएसपी सुदन आचार्यका अनुसार उनीहरुले ‘ख ’मतदान केन्द्रका चार मतपेटिकामध्ये एउटा जलाएका छन्। 

‘‘ख ’मतदान केन्द्रका चार वटा मतपेटिकामध्ये एउटा मतपेटिका जलेको छ। तर, मतपत्र भने जलेको छैन। ’ आचार्यले भने, ‘करिब ४५ मिनेट रोकिएको मतदान पुनः सुरु भएको छ।’ 

१० / १२ जनाको समूहमा आएका उनीहरुले मतपेटिका एउटा मतपेटिका जलाएपछि  प्रहरीले हवाइ फायर गरेको थियो ।
 फायर पछि उनीहरु पर्खाल नाघेर भागेका छन्।

 नेकपा लगायत तिन पार्टीले निर्वाचन खारेज गरेका छन् ।