विश्वको ध्यान चिनियाँ कम्युनिस्ट पार्टीको बिसौं महाधिवेशनतिर

पेइचिङ, (सीआरआई) । चिनियाँ कम्युनिस्ट पार्टीको बीसौँ महाधिवेशन अक्टोबर १६ देखि पैचिङमा सुरु भएको छ । भावी ५ वर्ष लगायत अझ लामो समयमा चीनको विकास खाका कोर्ने यस महाधिवेशनबाट १४० करोड चिनियाँहरूमात्र नभई विश्वको नजरलाई पनि तानिरहेको छ ।

प्राप्त जानकारीअनुसार, विश्वका ८० मुलुक तथा क्षेत्रका २१० सञ्चारमाध्यमका लगभग २५०० पत्रकारहरूले सो महाधिवेशनको रिपोर्टिङ गरिरहेका छन् । तीनमध्ये विदेशी पत्रकारहरूको सङ्ख्या ७५० छ । साथै धेरै मुलुकका राजनीतिज्ञहरूले चाइना मिडिया ग्रुपसँगको अन्तर्वार्तामा विश्वका लागि बीसौँ महाधिवेशनको अर्थ महत्वपूर्ण रहेको भन्दै यसलाई केन्द्रमा राख्नुभएको छ । इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले भन्नुभयोः चिनियाँ कम्युनिस्ट पार्टीको बीसौँ राष्ट्रिय महाधिवेशनबाट चिनियाँ जनताका लागि मात्र नभई क्षेत्रीय स्थिरतालगायत विश्वको शान्तिका लागि हितकर हुनेछ । जसबाट क्षेत्रीय समृद्धि तथा विश्वको हित–कल्याणका लागि योगदान दिइने छ । यो नै सबै मुलुकले देख्नलायक कुरा हो ।

अन्तर्राष्ट्रिय समुदायले चिनियाँ कम्युनिस्ट पार्टीको बीसौँ राष्ट्रिय महाधिवेशनमा किन ध्यान दिइरहेको छ त ?

सर्वप्रथम चिनियाँ चमत्कार आकर्षण बनेको छ । चिनियाँ बजारप्रति ठूलो अपेक्षा रहेको छ । तेस्रो कुरा चिनियाँ विचारले विश्वव्यापी मान्यता पाइरहेको छ ।
शरद ऋतुको सुनौलो घडीमा चिनियाँ कम्युनिस्ट पार्टीको बीसौँ महाधिवेशन भव्यताका साथ सुरु भयो । चिनियाँहरूका लागि यस घडीबाट समाजवादी आधुनिकीकरण देशको चौतर्फी निर्माणको नयाँ यात्रा सुरु भएको छ भने अन्तर्राष्ट्रिय समुदायका लागि विश्वको शान्ति तथा विकास लगायत मानवजातिको प्रगतिको लागि चीनको विकासले नयाँ विचार र जीवन्त शक्ति थप्ने अपेक्षा पनि रहेको छ ।