नेकपाको नवौं महाधिवेशन कपिलवस्तुमा हुने, असोज २५ गते विप्लवद्धारा उद्घाटन गरिने

नेकपाको नवौं महाधिवेशन कपिलवस्तुमा हुने, असोज २५ गते विप्लवद्धारा उद्घाटन गरिने

बुटवल । नेपाल कम्युनिष्ट पार्टीको ९ औं महाधिवेशन यही असोज २५ गते कपिलवस्तुमा हुने भएको छ । महाधिवेशनको उद्घाटन नेकपाका महासचिव विप्लवले गर्नुहुने भएको छ । 

बुधबार सम्पन सचिवालयको बैठकले पार्टीको ९ औं महाधिवेशन असोज २५ देखि ३१ गतेसम्म कपिलवस्तुमा गर्ने भएको पार्टी प्रवक्ता प्रकाण्डले बताएका हुन् ।

पार्टी प्रवक्ता प्रकाण्डले समय र परिस्थिति नै प्रतिकुल हुन गएकोले केही समय सरेको भन्दै अब असोज २५ देखि ३१ गतेसम्म हुने बताए ।

प्रवक्ता प्रकाण्डले महाधिवेशनले ९ औं महाधिवेशन विचार, राजनीतिक बहसको हिसाबले ऐतिहासिक हुने पनि बताए । प्रवक्ता प्रकाण्डले महाधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा रहेको बताउदै बाँकी तयारीमा जुट्न सिंगो पार्टी पंक्तिलाई निर्देशन गरिएको बताए ।