हर्क घर्तीमगर,रोल्पा । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढामगरले नेपाललाई दलाल संसदवादी हरूले युक्रेन र अफ्गानिस्तान बनाउने बाटोमा उद्दत भएको बताएका छन् । त्यसको पछिल्लो उदारण एमसिसि पास गर्न यहाँका संसदवादी पार्टी हरूको लालाहिताले प्रस्ट्याएको छ ।
नेपाल कम्युनिस्ट पार्टी रोल्पाको छैँटौ जिल्ला सम्मेलन उद्घाटन सत्रमा शुभकामना मन्तव्य राख्दै यस्तो भनाई राखेका हुन् ।
नेपाल कम्युनिस्ट पार्टी रोल्पाको छैटौं जिल्ला सम्मेलन सदरमुकाम लिबाङमा शुरू भएको छ ।
सम्मेलनमा १० वटै स्थानिय तहबाट प्रतिनिधि तथा पर्यवेक्षकहरूको सहभागिता रहेको छ भने नेकपाका केन्द्रीय सदस्यहरू सन्जिव, संगम, जागृति, जुझारू, सुवास पुर्व केन्द्रीय सदस्यहरू सन्तोषी,सम्झना बिशेष कमिटीका सदस्यहरू सन्तोष सुवेदी ,पुस्तमान घर्ती, संस्थापक तथा सिनियर सदस्यहरू सुमन, पत्थर, लिप, गणेश ,दिपक, शिखर, कुमार, विजुलि, विश्व, विरकुशज्वाला, मंगल युवा संगठनको केन्द्रीय कोषाध्य विश्लेषण, जनपत्रकार संगठनका केन्द्रीय कोषाध्यक्ष दिपेश विष्ट,जनअधिकार अधियान नेपाल केन्द्रीय प्रतिनिधि उमेश पौडेल,जिल्ला स्थित विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरू लगायतको आतिथ्यता रहेको थियो । २७ र २८ भदौ दुई दिन सम्म चल्ने सम्मेलनले नयाँ जिल्ला कमिटी समेत चयन गर्ने आयोजकले जानकारि दिएको छ ।
प्रतिक्रिया राख्नुहोस्