लामो अभियान इतिहासमा आफ्नै किसिमको पहिलो अभियान थियो जुन चिनियाँ कम्युनिष्ट पार्टी र अध्यक्ष माओको नेतृत्वमा चिनियाँ मजदूर – किसानहरूको लालसेनाले सन् १९३४—१९३६को अवधिमा सम्पन्न गरेको थियो । शत्रुको ठूलो घेराबन्दीहरूलाई तोड्दै तथा अनगिन्ती बिध्नबाधाहरूको सामना गर्दै लालसेनाले २५,००० ली (१२,५०० कि. मी.) पार गरेपश्चात यो अभियान विजयपूर्वक सम्पन्न भयो ।
यस पुस्तकमा लेखकले १९३० पछिका ती वर्षहरूको संस्मरण प्रस्तुत गरेका छन् जतिखेर उनी अध्यक्ष माओको साथमा थिए । अध्यक्ष माओको जीवनशैली र कार्यका बारेमा आफ्नो संस्मरण लेख्ने क्रममा उनले लामो अभियान र लालसेनाका ती अत्यन्त कठीन दिनहरूको विशेष रूपले चर्चा गरेका छन् । चिनियाँ क्रान्ति सम्पन्न गर्ने क्रमका यी संस्मरणहरूले त्यस समयको ऐतिहासिक घटनाहरूको परिचयका साथै अध्यक्ष माओको क्रान्तिकारी दृष्टिकोण र सादा जीवन र उच्च विचारमाथि पनि प्रकाश पार्दछ ।
यो पुस्तकको लेखक छन छाङ—फङ हुन् भने अनुवादकः देवेन्द्र तिम्लाले गरेका छन् । यसको प्रकाशन प्रगति पुस्तक सदन, काठमाडौंले गरेको छ । पुस्तकमा अध्यक्ष माओ त्से—तुङको अंगरक्षक छन छाङ–फङले अध्यक्ष माओसँग बिताएका तूफानी ६ वर्षहरूमा भोगेका संघर्ष र बलिदानीका गाथाहरू रहेका छन् । पुस्तकको मूल्य १०० रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्