अर्घाखाँची । नेकपा अर्घाखाँचीद्वारा जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा मागपत्र बुझाएको छ ।
नेकपा महासचिव क.बिप्लव, प्रबक्ता क. प्रकान्ड सचिवालय सदस्य क.विषम लगायत नेताकार्यकर्ता विरुद्ध पक्राउ पुर्जी, ३ बुँदे सहमति कार्यन्वयन ,बन्दिहरुको रिहा ,झुठा मुद्दा खरेज र एमसीसी एसपिपि परियोजना खारेजको माग गर्दै नेकपाका केन्द्रिय सदस्य तथा अर्घाखाँची जिल्ला इन्चार्ज संगमको नेतृत्व र जिल्ला सेक्रेटरी माहुरी लगायत जिल्लाका नेता कार्यकर्ताको सहभागितामा जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका प्रमुख जिल्ला प्रशासन अधिकारी मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा चार बुँदे मागपत्र पेश गरेको हो ।
नेकपा सहित चार पार्टीकोे पुर्व घोषित संघर्षका कार्यक्रम अन्तरगत नेकपाले ज्ञापनपत्र वुझाउदै तीन बुँदे सहमति लागू गर्नु पर्ने,एमसीसी र एसपीपी नेपालवाट खारेज गर्नु पर्ने,महंगी र भ्रटाचार नियन्त्रण हुनुपर्ने माग राखेको छ ।
प्रतिक्रिया राख्नुहोस्