नेकपा धुर्कोट गाउँपालिका वडा नं.७ को वडा सम्मेलन ,सेक्रेटरीमा लक्ष्मण परियार चयन

नेकपा धुर्कोट गाउँपालिका वडा नं.७ को वडा सम्मेलन ,सेक्रेटरीमा लक्ष्मण परियार चयन

बुटवल । नेपाल कम्युनिस्ट पार्टी गुल्मीले धुर्कोट गाउँपालिका अन्तर्गत  वडा नं. ७ अजमिरकोटको प्रथम वडा सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले कमरेड लक्ष्मण परियारको नेतृत्वमा १५ सदस्यीय वडा कमिटी निर्माण गरेको छ । 

सम्मेलनलाई सम्बोधन गर्दै नेकपा जिल्ला सेक्रेटरी सुमनले देउवा प्रचण्ड नेतृत्वको गठबन्धन सरकारले ३ बुँदे सहमति उलंघन गरेर नेकपामाथि दमन गर्न खोजिरहेको बताएका छन् । उनले दलाल राज्यसत्ताको दमनले क्रान्ति नरोकिने र पार्टी नझुक्ने बताउदै यसका विरुद्ध शसक्त प्रतिरोध गरिने बताए । 

उनले भने, ‘दलाल राज्यसत्ताको दमनविरुद्ध झुकिदैन, बरु बलिदान गरिन्छ’ उनले देउवा सरकारले अघोषित रुपमा ३ बुँदे सहमति भंग गरेर अशान्ति मच्चाउन खोजेको बताए । अर्को प्रशंगमा सेक्रेटरी सुमनले स्थानीय निकाय भ्रष्ट दलालहरुको अखडा भएको भन्दै यसले जनतामाथि भएको ज्यादती र सामाजिक अपराधको संरक्षण गरिरहेको बताए ।

सम्मेलन धुर्कोट गाउँपालिका ईन्चार्ज बिनोद पोखरेलको अध्यक्षता र शीतलको सञ्चालनमा भएको थियो ।