नेकपा गुल्मी धुर्काेट गाउँपालिका अन्तर्गत वडा न.३ काे सेक्रेटेरीमा शीतल निर्वाचित

नेकपा गुल्मी धुर्काेट गाउँपालिका अन्तर्गत वडा न.३ काे सेक्रेटेरीमा शीतल निर्वाचित

बुटवल । नेपाल कम्युनिस्ट पार्टी गुल्मीले धुर्काेट गाउँपालिका अन्तर्गत वडा न.३ काे वडा सम्मेलन सम्पन्न गरेकोे छ । 

सम्मेलनले कमरेड शीतलकाे नेतृत्वमा १५ सदस्यीय वडा कमिटी निर्माण गरेको छ । 

सम्मेलनलाई सम्बाेधन गर्दै नेकपाका जिल्ला सेक्रेटरी सुमनले सरकारले नेकपासँग गरेको ३बुँदे सहमति विपरीत महासचिव विप्लव लगायत नेता कार्यकर्ताहरु विरुद्ध जारी गरेकोे पक्राउ पुर्जी झुठ्ठा मुद्दा तत्काल सरकाले खारेज गर्नपर्ने बताए ।

उनले उनले एपीपी सम्झौता एमसीसी परियोजनाको निरन्तरता भएको भन्दै यसले देशको सार्वभौमसत्तामाथि गम्भीर हमला गरेको बताए । उनले वैदेशिक हस्तक्षेपको मूल कारण नेपालको दलाल संसदीय व्यवस्था भएको कारण यसका विरुद्ध र साम्राज्यवादका विरुद्ध  लड्नुपर्ने बताए ।  
सुमनले अगामि असाेज १ गते पार्टीको नवाैं महाधिवेशन भव्यरुपले सफल बनाउनकाे लागि महाधिवेशन लक्षित कार्यक्रमहरुमा  व्यापकरुपमा  लाग्नकाे लागि निर्देशन गरे । 

कार्यक्रममा बाेल्दै नेकपाका जिल्ला सदस्य वसन्त गैरेले नवनिर्वाचित कमिटीलाई बधाई तथा सुभकामना सहित प्रशिक्षणात्मक मनतब्य राखेका थिए ।

कार्यक्रममा नेकपाका जिल्ला सदस्य बावुलाल नेपाली , सहिद परिवार मैत सार्कि लगायतको उपस्थिति रहेको थियाे ।

सम्मेलन धुर्काेट गाउँपालिका ईन्चार्ज बिनाेद पाेखरेलकाे अध्यक्षता र शीतलकाे सञ्चालनमा भएको थियाे ।