अखिल (क्रान्तिकारी) सिद्धार्थ गौतमबुद्ध क्याम्पसको अध्यक्षमा माधबि गौंड निर्वाचित

अखिल (क्रान्तिकारी) सिद्धार्थ गौतमबुद्ध  क्याम्पसको अध्यक्षमा माधबि गौंड निर्वाचित


बुटवल । नेपाल कम्युनिस्ट पार्टि निकट अखिल (क्रान्तिकारी) रुपन्देहीले सिद्धार्थ गौतमबुद्ध क्याम्पसको दोस्रो इकाई सम्मेलन सम्पन्न गरेको छ । 
सम्मेलनले  माधवि गौंडको अध्यक्षतामा २७ सदस्यीय क्याम्पस इकाई कमिटी गठन गरेको छ । 

सम्मेलनलाई सम्बोधन गर्दै नेकपाका जिल्ला नेता बिरेन्द्र बि.क.ले नेपालमा वैज्ञानिक शिक्षा आजको आवश्यकता रहेको बताए ।
उनले  ज्ञान,श्रम,उत्पादन र समय सापेक्षित शिक्षा हुनुपर्ने बताए ।

उनले  राजनिती र शिक्षा अलग ढङ्गले विश्लेषण भएको बताउदै विधार्थीहरु अनिवार्य राजनितीमा जानकार हुनुपर्ने बताए । अखिल क्रान्तिकारीले कुनै पनि राष्ट्रघात र जनघातका लागि सम्झौता नगरेको र आभारभुत तहभन्दा माथिको शिक्षा व्यवहारिक हुनुपर्ने ,क्षमता अनुसारको पढ्न पाउने ग्यारेन्टी राज्यले गर्नुपर्छ भनेर ओकालत गर्ने संगठन अखिल क्रान्तिकारी रहेको बताए । उनले वैज्ञानिक शिक्षा लागुगर्नको लागि वैज्ञानिक समाजवादको आवश्यकता रहेको पनि बताए । 

अखिल (क्रान्तिकारी)का लुम्बिनी प्रदेश सदस्य गोपाल रोकाले अखिल (क्रान्तिकारी) विशुद्ध विद्यार्थीका समस्या मात्र नभएर राष्ट्रिय स्वतन्त्रताका बिषयमा देशका सिमा रक्षा र जनताका आवश्यकता लागि लड्ने सडक बाघ भएको बताए । 

उनले नेपालीको शिक्षामा दलालिकरण भ्रष्टिकरण र शुल्कका नाममा अभिभावक र विद्यार्थीको ढाड सेक्ने गरि गरिने मुल्यवृद्धि भएको भन्दै उनेले जवसम्म दलाल राज्यव्यवस्था अन्त्य गरि एकीकृत जनक्रान्ति मार्फत वैज्ञानिक समाजवाद स्थापना गर्दैनौं तबसम्म वैज्ञानिक र व्यवहारिक शिक्षा प्रणाली लागु नहुने बताए ।

कार्यक्रममा नव निर्वाचित टिमलाई बधाइ तथा सुभकामना दिदैँ अखिल (क्रान्तिकारी)का जिल्ला सदस्य मनोज न्यौपानेले शिक्षा क्षेत्रमा भएका विकृति विसंगति विरुद्व विधार्थीहरुले आवाज उठाउनुपर्ने बताए । 

अखिल (क्रान्तिकारी)का जिल्ला सदस्य नयन अर्यालको स्वागत मनतब्यबाट सुरुभएको कार्यक्रमको अध्यक्षता माधबि गौंडले गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन जिल्ला सदस्य प्रमिसा क्षेत्रीले गरेकी थिइन् ।