नेकपा गुल्मीद्धारा महाधिवेशनको प्रचार प्रसार

गुल्मी । नेकपा गुल्मीद्धारा पार्टीको ९ औं महाधिवेशनको प्रचार प्रसार सुरु गरेको छ । जिल्लाको धुर्कोटबाट सुरु गरेको प्रचार प्रचार जिल्ला सदरमुकाम तम्घासमा पनि गरेको छ । 

जिल्ला प्रशासन कार्यालय अगाडी नेकपाले महाधिवेशनको पोष्टरिङ गरेको छ । जिल्लामा नेकपाले महाधिवेशनको प्रचारका लागी वालिङ, पर्चा वितरण, पोस्टर, राजनीतिक भेटघाटलाई तीब्रता दिएको छ । 

नेकपाले महाधिवेशनको तयारी स्वरुप जिल्लामा टोल, वडा, गाउँ नगरको भेला सम्मेलन गरिरहेको छ । यसक्रममा विभिन्न जबस मोर्चाहरुको भेला सम्मेलन तथा पार्टी सदस्य नवीकरण, आवेदन, प्रशिक्षणहरुलाई सञ्चालन गरिरहेको छ । 

एकीकृत जनक्रान्तिको विचारलाई नयाँ उचाइँमा विकास गरौं, अवसरवादलाई परास्त गर्दै पार्टीलाई एकताबद्ध र सुदृढ गरौं भन्ने मूलनारा सहित असोज १ गते काठमाडौंमा ९औं महाधिवेशन हुँदैछ ।