विभिन्न चार बुँदे मागसहित नेकपा गुल्मीद्वारा प्रशासन कार्यालयमा मागपत्र पेश

विभिन्न चार बुँदे मागसहित नेकपा गुल्मीद्वारा प्रशासन कार्यालयमा मागपत्र पेश


गुल्मी । नेपाल कम्युनिस्ट पार्टी गुल्मीले जिल्ला प्रशासन कार्यालय गुल्मीमा चार बुँदे मागपत्र पेश गरेको छ । 

नेकपा लगायत ४ कम्युनिस्ट पार्टीको २०७९ साउन २७ गते बसेको बैठकले चरणवद्व सङ्घर्षका कार्यक्रमहरु सार्वजनिक गरेको थियो त्यही कार्यक्रम अनुरुप भदौ १ गते जिल्ला प्रशासन कार्यालय प्रमुख जिल्ला अधिकारी  पुण्यविक्रम पौड्याललाइ मागपत्र बुझाएको हो ।

२०७७ फागुन २१ गते सरकार र नेकपाबीच भएको ३ बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने, आस्थाका बन्दीहरूको रिहा, झुट्टा मुद्वा खारेज, महंगी नियन्त्रण गर्नुपर्ने र एमसीसी परियोजना खारेज लगायतका ४ बुँदे  माग राख्दै नेकपाका जिल्ला सेक्रेटरी सुमनको नेतृत्वमा जिल्लाका नेता कार्यकर्ताको उपस्थितिमा जिल्ला प्रशासन कार्यालय गुल्मीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई मागपत्र बुझाएको हो।