जनपत्रकार संगठन नेपाल,रुपन्देहीको दाेस्राे भेला तथा बैठक सम्पन्न

जनपत्रकार संगठन नेपाल,रुपन्देहीको दाेस्राे भेला तथा बैठक सम्पन्न

बुटवल । जनपत्रकार संगठन नेपाल रुपन्देहीको दाेस्राे भेला तथा बैठक बुटवलमा सम्पन्न भएकाे छ । भेला तथा बैठक कार्यक्रममा बाेल्दै नेकपाका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज कृतिले जनपत्रकारहरुले क्रान्तिकारी आन्दोलनको बिपक्षमा फैलाईएका वर्गविभाजित समाजमा गरिखाने वर्गकाे पक्षमा साहसका साथ कलम चलाउनुपर्ने बताए ।

इन्चार्ज कृतिले सुचना र प्रविधिको विकाशमा क्रान्तिकारीहरुले श्रमजीवी पत्रकारहरु जाेड्नुपर्ने भन्दै यसमा सबैले आ-आफ्नाे ठाउँबाट पहल गर्नुपर्ने बताए । उनले सुचना प्रविधिलाई पुँजीवादले कब्जा गरेको भन्दै यसलाई चिर्न जनपत्रकारहरुले सुचना र सञ्चारकाे क्षेत्रबाट हस्तक्षेप गर्नुपर्ने बताए ।

जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेश सहसचिव बिहानी मगरले जनताका आवाजलाई जनतासामु नै पुर्याउन उत्पिडनमा परेका दविएर रहेका आवाजहरुलाई बाहिर ल्याउन जनपत्रकारहरुले महत्त्वपूर्ण भुमिका खेल्नुपर्ने बताईन् । उनले जबसम्म दलाल संसदीय व्यवस्थालाई खारेज गरेर वैज्ञानिक समाजवाद स्थापना हुदैन तब सम्म कलमप्रति दृढ रहेर जनताका पक्षमा कलम चलाउनुपर्ने बताइन् । उनले यहि भदाै ११/ १२ गते काठमाडौंमा हुने चाैंथाे राष्ट्रिय सम्मेलन सफलतापूर्वक सम्पन्न गर्नकाे निम्ति आ- आफ्नाे ठाउँबाट लाग्नुपर्ने बताइन्।

भेला तथा बैठकमा नेकपा रुपन्देही जिल्ला सेक्रेटरी विश्वास, नेकपा बुटवल इन्चार्ज बिरेन्द्र बि.क काे समेत उपस्थिति रहेकोे थियाे । भेला तथा बैठक कार्यक्रम जनपत्रकार संगठन रुपन्देहीका संयाेजक विनाेद खनालकाे सञ्चालन र अध्यक्षतामा सम्पन्न भएको थियाे । भेलाले विनोद खनालको संयोजकत्वमा ९ सदस्यीय जिल्ला समिति गठन भएको छ । 

बैठकले संगठनको चौंथो राष्ट्रिय सम्मेलन सम्पन्न गर्न जिल्लामा प्रभावकारी भूमिका खेल्ने, संगठन बिस्तारलाई तीब्रता दिने, सन्चारकर्मीहरूको पेशागत हकहितका लागि संघर्ष गर्नेलगायत निर्णय गरेको जिल्ला सयाेजक विनाेद खनालले बताए ।