बुटवल । रुपन्देहीस्थित लुम्बिनी इन्जिनियरिङ्ग कलेजमा अध्यनरत बिद्यार्थीहरुको समुह (लेक अफिसियल गु्रप) द्वारा आयोजना गर्न लागिएको नाइन अ साइड फुटबल प्रतियोगिता आज असार २० गतेदेखि लुम्बिनी इन्जिनियरिङ्ग कलेजको प्राङ्गणमा सुरु हुने भएको छ ।
खेलमा पुरुष तर्फ १३ टिम र महिला तर्फ ४ टिम सहभागी रहनेछन् भने खेल तीन दिनसम्म चल्ने छ । हिजो साँझ ५ बजे गोला प्रथाद्वारा आज हुने खेल तालिका छनोट गरिएको खेल आयोजक समितिका संयोजक सक्सेस पन्थीले जानकारी दिए । साथै आज पहिलो खेल टिम इन्फिनिटि र ८ औं सेमेस्तर बीच हुन गइरहेको छ । खेलको मुख्य प्रायोजक शुभ सूर्य सप्लायर्स, अग्नि सिमेन्ट,
इमिनेन्ट एजुकेसन लगायतका रहेका छ्न । खेलमा पहिलो पुरस्कार पन्ध्र हजार र द्वितीय पुरस्कार पाँच हजार रहेको छ ।
खेलको मिडिया प्रायोजन जनबाटो डटकम, बुटवल टुडे,खबरपात्रोलगायतले गरेका छन् ।
प्रतिक्रिया राख्नुहोस्